share 815 काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले यसअघिका सबै सरकारको छानबिन गर्ने प्रतिबद्धतापछि आफूहरू सदन खोल्न तयार भएको बताएको छ । भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाको विरोध भइरहँदा अघि बढेको आइतबारको प्रतिनिधिसभा बैठकमा पुनले यस्तो प्रस्टीकरण दिएको हो । उनका अनुसार सरकारले ३० दिनभित्र छानबिनका लागि आवश्यक संरचना बनाउने प्रतिबद्धतासमेत जनाएको थियो । ‘माननीय गृहमन्त्रीज्यूले अहिले राजीनामा दिन्नँ, तर बाँकी सबै सरकारको तर्फबाट छानबिनका लागि हामी तयार छौँ भनेर प्रतिबद्धता सरकारले गर्याे। पुनले भने, “३० दिनभित्र आवश्यक छानबिनको संरचना तयार गरी यो विषयलाई अगाडि बढाउने प्रतिबद्धता आएपछि हामी यो सदन नियमित गर्न सहमत भयौँ।” पोस्टको नेभिगेसन धरानका मेयर साम्पाङ सिंहदरबार छिर्ने भएपछि सुरक्षामा कडाइ संगठन निर्माणमा माओवादी, खानिखोला-४ भ्याली सम्पर्क मञ्चको भेलामा दर्जनौं युवाहरु माओवादी केन्द्रमा प्रवेश