share 555 काठमाडौं । नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँपालिका वडा नं. ४ भ्याली सम्पर्क मञ्चको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम शनिबार काठमाडौं जडिबुटीस्थित इन्द्रशान बैंक्वेटमा भएको हो । कार्यक्रममा प्रमुख अतिथि पूर्व ऊर्जा राज्यमन्त्री सुर्यमान दोङ, विशेष अतिथि पार्टीका बागमती प्रदेश सचिव एवं खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) र संघीय सांसद उर्मिला माझीको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौं युवाहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्। कार्यक्रममा प्रेमबहादुर बज्युको अध्यक्षतामा ४३ सदस्यीय काठमाडौं–खानीखोला-४ सम्पर्क समन्वय समिति गठन गरिएको छ। पोस्टको नेभिगेसन यसअघिका सबै सरकारको छानबिन गर्ने प्रतिबद्धतापछि माओवादी सदन खोल्न तयार भएको हो : वर्षमान पुन फेसबुकले नेपालमा सुरु गर्यो कन्टेन्ट मोनिटाइजेसन सुविधा