जुन 25, 2026
मुख्य समाचार

धरानका मेयर साम्पाङ सिंहदरबार छिर्ने भएपछि सुरक्षामा कडाइ

काठमाडौं । धरानको खानेपानी समस्याको दीर्घकालीन समाधानको माग गर्दै रित्तो गाग्री बोकेर धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ सोमबार काठमाडौं आएका छन् ।

रित्तो गाग्री बोकेरै उनी आज सिंहदरबारमा प्रधानमन्त्री, अर्थमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न जान लागेका हुन् । मेयर साम्पाङ रित्तो गाग्री बोकेर सिंहदरबार छिर्न खोजेपछि सिंहदरबारको सुरक्षा व्यवस्था कडाई गरेको छ ।

यसअघि मेयर साम्पाङले आइतबार धरानको भानुचोकमा पनि रित्तो गाग्रीसहित प्रदर्शन गरेका थिए ।

जवाफ लेख्नुहोस्