सुमना श्रेष्ठले छोडिन् रास्वपा

८ महिना अगाडि ८ महिना अगाडि ८ महिना अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्।

श्रेष्ठले पार्टी केन्द्रीय समितिलाई पत्रमार्फत् जानकारी गराउँदै नेतृत्वले निरन्तर गल्ती गर्दा पनि कहिल्यै स्वीकार नगरेको आरोप लगाएकी छन्। उनले भनिन्, “अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मैले पार्टी छोडेकी छु।”

उनका अनुसार पार्टीभित्र आलोचना गर्नेहरूलाई मिडिया ट्रायलमार्फत् दु:ख दिने र नेतालाई देशभन्दा माथि राख्ने प्रवृत्ति मौलाउँदै गएको छ। “गल्तीमाथि गल्ती गर्ने र त्यसको बोझ सबै सदस्यले बोक्नु पर्ने अवस्था स्वीकार्य भएन,” उनले स्पष्ट पारेकी छन्।

यसअघि उनी रास्वपाको सह-महामन्त्रीबाट राजीनामा दिएकी थिइन्। समानुपातिकतर्फबाट सांसद बनेकी श्रेष्ठ प्रचण्ड नेतृत्वको सरकारमा शिक्षामन्त्रीसमेत बनेकी थिइन्।

हालै प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहणमा सहभागी भएकी श्रेष्ठ जेन-जि आन्दोलनसँग निरन्तर सम्पर्कमा रहेको चर्चासमेत रहेको छ।