काठमाडौं । बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते उक्त प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशमा कामकाजी भाषा ऐन २०८० कार्यान्वयन यही वैशाख २४ गते सोमबारदेखि गर्ने भएकोले भोलि बिदा दिने निर्णय गरेको हो ।

प्रदेशले दिवसको रुपमा मनाउने निर्णय समेत गरेको छ। यसै सन्दर्भमा प्रदेश सरकारले बसन्तपुरमा ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा समारोह’ को आयोजना गर्ने तयारी समेत गरेको छ ।