share 241 काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको शुक्रबार ललितपुरमा सम्पन्न बैठकले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेस बागमती प्रदेशसभा संसदीय दललाई निर्देशन दिने निर्णय गरेको प्रदेशसभा सदस्य तथा प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामाले जानकारी दिए । मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिन कार्यक्रम रहेको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पाँच जना मन्त्रीले सामूहिक राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलको सरकार अल्पमतमा परेको छ । पोस्टको नेभिगेसन बागमतीका मुख्यमन्त्री जमकट्टेल साउन ६ गते विश्वासको मत लिने बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै कांग्रेस, मुख्यमन्त्रीमा लामाको सम्भावना बलियो