काठमाडौं । आज २०८१ साल जेठ १० गते बिहीबार, तदनुसार सन् २०२४ मे २३ तारिख। वैशाख शुल्क पक्षको पूर्णिमा तिथि। बुद्ध जयन्ती तथा उभौली पर्व। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।

ज्योतिष शास्त्र अनुसार तयार पारेको आजको राशिफल :

मेष : दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। खानपानमा ख्यालन नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारबाट असहयोग हुने देखिन्छ। लगानी गर्नु अगाडि एक पटक सोच्नु राम्रो हुन्छ।

वृष : समय राम्रो छ। नयाँ कामको अवसर प्राप्त हुनेछ। शिक्षा क्षेत्रबाट राम्रो नतिजा प्राप्त हुनेछ। व्यापारमा नाफा हुने देखिन्छ। वैदेशिक रोजगारीबाट लाभ प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आम्दानी बढ्नेछ । लगानीको क्षेत्रमा सफलता प्राप्त हुने देखिन्छ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। अरुसँग अपेक्षा गर्दा दुःखी बन्नुपर्ने भएकाले आफ्नो काम आफैंले गर्नु राम्रो हुने देखिन्छ ।

कर्कट : पुरानो आफ्नै कामको कारण पछुताउनुपर्ने हुनसक्छ। कर्म क्षेत्रमा सफलता मिल्नेछ। शिक्षामा गरेको लगानीले उत्साह बढाउने छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ।

सिंह : काममा मेहनत बढी गरे पनि पारिश्रमिक कम मात्र प्राप्त हुने देखिन्छ । खानपानमा सचेत नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारमा संकट बढ्ने जोखिम छ। समग्रमा आम्दानी भने बढ्नेछ।

कन्या : तपाईको प्रशंसा हुनेछ। आर्थिक लाभ हुने दिन छ। स्वास्थ्य, शिक्षा र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने देखिन्छ । परिवारमा खटपटी बढ्ने योग रहेकाले कम बोल्नु फाइदाजनक हुनेछ।

तुला : व्यापार व्यवसायमा प्रगति हुनेछ। लगानीको क्षेत्र धेरै भएकाले सोचेर लगानी गर्दा राम्रो हुनेछ । शिक्षा क्षेत्रको लगानीबाट घाटा हुने देखिन्छ। व्यापार र वैदेशिक क्षेत्रबाट उत्साह बढ्नेछ। परिवारबाट रचनात्मक सहयोग प्राप्त हुनेछ।

वृश्चिक : समय राम्रो छ। योजना सफल हुने योग रहेको छ । आफन्तबाट साथ प्राप्त हुनेछ। लगानीको क्षेत्रमा सफलता मिल्ने देखिन्छ । परिवारसँग सम्बन्ध सुमधुर रहनेछ। गुरुको सुझाव वा सल्लाह लिएर काम गरेमा सफल मिल्नेछ ।

धनु : शत्रु बढ्ने दिन छ। व्यवहार गर्दा सचेत बन्नु होला । परिवारको साथ मिलेमा जुनसुकै काममा सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ।

मकर : आम्दानी बढ्नेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा फाइदा हुनेछ। व्यापारमा नाफा मिल्नेछ। परिवारसँगको सम्बन्धमा भने शंका र उपशंका हुने जोखिम रहेको छ र प्रेम सम्बन्धमा खटपटी हुने योग छ ।

कुम्भ : झुटा आरोप लाग्नसक्छ। शत्रु बढ्ने भएकाले काम गर्दा सचेत बन्नु होला । व्यापारबाट फाइदा भए पनि ठुलो लगानी नगर्दा राम्रो हुनेछ। व्यापारमा फाइदा हुने दिन छ। राजनीतिक क्षेत्रबाट सेवाको अवसर प्राप्त हुने देखिन्छ ।

मीन : दिन राम्रो छ। श्रमको मूल्य प्राप्त हुनेछ। गरेको लगानीबाट उत्साह बढ्नेछ। कुरा काट्नेहरु सक्रिय भए पनि परिवारको साथ र सहयोग राम्रो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.