share 248 काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेका छन् । अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ ।भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ १८ पैसा र बिक्री दर १४४ रुपैयाँ ८३ पैसा तोकिएको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २९ पैसा र बिक्री दर १७० रुपैयाँ ०६ पैसा तोकिएको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । पोस्टको नेभिगेसन बिहिवार पनि घट्यो अमेरिकी डलरको भाउ, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार पनि ओरालो लाग्यो डलरको भाउ, कति छ आजको विनिमय दर ?