share 266 काठमाडौं । आज मिति २०८१ जेठ १३ गते आइतबार तदानुसार २०२४ मे २६ तारिख जेष्ठ कृष्णपक्ष तृतीय तिथि । सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भने भने सूर्यास्त बेलुका ६ बजेर ५१ मिनेटमा हुनेछ । अब लागौं आजको राशिफल तर्फ: मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन राम्रो छ । धन सम्पत्ति आर्जन हुनेछ । साथीभाइबाट सहयोग मिल्ने योग छ । बृष : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दिन मध्यम छ । सोचेर बोल्नुपर्ने देखिन्छ । मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने योग देखिन्छ । मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, ह) सम्पत्ति आर्जन हुनेछ । शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ । कुनै कामलाई निरन्तरता दिनु भलो हुने योग छ । कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दिन राम्रो छ । पुरानो रोगबाट मुक्त हुनुहुनेछ । मनमा शान्ति बढ्नेछ । प्रेममा सफलता मिल्ने देखिन्छ । शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने योग छ । सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) योजनामा बाधा अवरोध देखिन्छन् । त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ । दाम्पत्य जीवन संघर्षपूर्ण हुने देखिन्छ । कन्या : (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) दाम्पत्य जीवन सुखमय देखिन्छ । साथीबाट सहयोग मिल्ने योग छ । तुला : (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सोचेर मात्र बोल्नु राम्रो हुने छ । पुरानो रोगले छोड्दै जानेछ । शिक्षामा गरेको लगानीबाट उन्नति हुने योग देखिन्छ । वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ रोगको सिकार बन्नुपर्ने देखिन्छ । रोगलाई प्रतिवाद गर्न खानपानमा विशेष ख्याल गर्नुहोला । धनु : (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन् । शिक्षामा गरेको लगानीले फाइदा हुने योग छ । असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ । मकर : (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) झुटा आरोप लाग्न सक्छन् । अनावश्यक खर्च बढ्नसक्छ । राजनीतिक क्षेत्रमा गरेको लगानीबाट श्रम उठ्नेछ । खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ । कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, द) बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ । खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ । मीन : (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) दाम्पत्य जीवनमा सफलता मिल्नेछ । खर्च बढ्ने योग रहेकाले सचेत भएर व्यवहार गर्नुपर्ने हुन्छ । विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले राम्रो फाइदा मिल्नेछ । राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् । पोस्टको नेभिगेसन आज जेठ ११ गते शुक्रबारको राशिफल, कस्तो छ त आज तपाईको दिन? यस्तो छ यो साताभरिको तपाईको राशिफल