काठमाडौं । ज्योतिष शास्त्र अनुसार राशी, नक्षत्र र ग्रहको प्रभावले मानिसको दैनिक काम कार्यमा प्रभाव पारेको हुन्छ । त्यसैले कुनै पनि नयाँ कामको थालनी गर्दा राशिमा के भनिएको छ त्यसलाई मनन गर्नुपर्छ भन्ने कुरालाई ज्योतिष विज्ञानले जोड दिन्छ । ज्योतिष शास्त्रले तयार पारे यो साता (२०८१ जेठ १३ गरेदेखि १९ गते) सम्मको राशिफल यस्तो रहेको छ ।
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशिका लागि यो साता उत्तम रहेको छ । नवौं भावमा चन्द्रमाको गोचरबाट साताको सुरुवात भइ दशम र एकादश भावमा चन्द्रमा रहने हुनाले सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता विशेष गरि व्यापार व्यवसायबाट आर्थिक अवस्था सबल रहने देखिन्छ । सामाजिक क्षेत्र बाट समेत साथ र सहयोग प्राप्त हुने देखिन्छ । व्यापार व्यवसायमा लगानी अनुसार प्रतिफल मिल्नेछ । मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जीवन राम्रो रहनेछ । जिम्मेवार भएर आफ्नो दायित्व पुरा गर्नु उत्तम हुनेछ । विद्यार्थीको पढाई पनि यो साता राम्रो रहनेछ । यो साताको शनिबार भने मेष राशी हुनेहरुको दिन कमजोर रहेको छ ।
बृष : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशिका लागि साता ठिकठिकै रहनेछ । साताको शुरुमा चन्द्रमाको गोचर आठौं भावमा रहने हुनाले स्वास्थ्य कमजोर हुने, खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्नेछ । व्यापार व्यवसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछ । मंगलबार देखि भने दिनहरु शुभ रहनेछन् । प्रेम तथा पारिवारिक जीवन सकारात्मक रहने योग रहेको छ । नोकरी तथा व्यवसायको क्षेत्र राम्रो भएर अगाडि बढ्नेछ। राम्रो आर्थिक लाभको अवसरहरु पनि प्राप्त हुनेछ । धेरै समय रोकिएका कामहरु बन्नेछन्। प्रेम जीवन सुखद् रहनेछ । विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्ने छ ।
मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साताको शुरुमा सप्तम भावमा चन्द्रमाको गोचर रहने हुनाले सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट नाफा आर्जन हुनेछ ।आफ्ना दाजुभाईको तथा आफन्तको सहयोग प्राप्त हुनेछ । रमाइलो यात्रा हुन सक्ने योग छ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जीवनसाथीबाट उचित सहयोग मिल्नेछ । पढाई कमजोर हुन सक्ने योग रहेकाले विद्यार्थीले पढाईमा ध्यान दिनु आवश्यक छ । मंगलबार र बुधबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेको छ ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिका लागि भने यो साता शुभ रहेको छ । बोलीको प्रभाव बढ्नेछ। आर्थिक अवस्था सबल रहनेछ । साथीभाईको साथ र सहयोगले अप्ठ्यारा काम समेत बन्नेछ । यो साता व्यापार व्यवसाय सकारात्मक रहनेछ । साताको मध्यभाग तिर केहि उतार चढाव आउन सक्नेछ । तर पनि साताको अन्त्यतिर भने आम्दानी बढ्ने योग छ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । विद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ । तुलनात्मक रुपमा यो साताको बिहिबार र शुक्रबार कमजोर दिन रहेको छ ।
सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा चन्द्रमाको गोचर पञ्चम भावमा रहने हुनाले तपाईको बौद्धिक क्रियाकलापमा मन जानेछ । तपाईको सिर्जनात्मक क्षमताको कदर हुनेछ। आर्थिक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यवसायबाट पनि उचित लाभ मिल्नेछ । विशेष गरि कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यवसायबाट सोचे अनुरुप लाभ मिल्नेछ । नोकरी गर्ने हरुका लागि पनि शुभ समय रहने देखिन्छ । सन्तानबाट सुख प्राप्त हुने योग रहेको छ भने धनको बचत हुनेछ । विद्यार्थीको पढाईका लागि यो उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जीवन पनि सुखद रहनेछ ।
कन्या : (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । साताको शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले पारिवारिक समस्या, अनावश्यक झण्झट एवं कार्यमा वाधा आउन सक्नेछ । तर मंगलबार देखि भने अवस्था सकारात्मक हुँदै जानेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाईसँग रमाईला पलहरु व्यतित हुनेछन् । नोकरीमा सफलता मिल्नेछ भने सहकर्मी साथीबाट सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ मिल्नेछ । पारिवारिक जीवन सुखद रहने योग छ भने यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ, आपसी समझदारी कायम रहनेछ । अध्ययन कार्यमा मन जानेछ साथै प्रतिस्पर्धीलाई चुनौती दिन सक्नुहुनेछ ।
तुला : (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिका लागि यो साता तृतीय भावमा चन्द्रमाको गोचर रहने हुनाले साहस तथा पराक्रम बढ्नेछ । आफ्ना साथीभाईबाट महत्वपुर्ण सहयोग मिल्नेछ । व्यापार व्यवसायमा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछ । नोकरी गर्नेहरुका लागि नयाँ काम सिक्न पाईने अवसर हुनेछ । प्रेम तथा पारिवारिक जीवन सुखद् रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाई सकारात्मक रहनेछ मंगलबार र बुधबार तुलनात्मक रुपमा कमजोर दिन रहेको छ ।
वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिका लागि यो साता शुभ रहेको छ। धन स्थानमा चन्द्रमाको गोचरबाट साताको शुरुवात हुने हुनाले तपाई बोलीको प्रभाव बढ्ने छ । सिर्जनात्मक एवं अभिव्यक्ति क्षमता बढनाले महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ भने आफ्ना दाजुभाईको सहयोगबाट व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थी वर्गको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ भने प्रेम सम्बन्ध सुमधुर रहनेछ । बिहिबार र शुक्रबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु देखिएको छ ।
धनु : (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा चन्द्रमाको प्रभाव प्रथम भावमा रहने हुनाले मान प्रतिष्ठा बढ्नेछ । मन प्रफुल्ल रहनेछ भने विभिन्न रमाइला कार्यक्रममा सरिक हुने अवसर जुट्नेछ साथै आत्मविश्वास उच्च हुनेछ भने तपाईको विचारको सर्वत्र प्रशंसा हुनेछ । आर्थिक अवस्था सबल रहने र व्यापार व्यवसायबाट उचित मुनामा आर्जन हुनेछ । नोकरीमा तपाईको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्यसँग सल्लाह लिएर कार्य गर्नु उत्तम हुनेछ । अप्ठ्यारो अवस्थामा परिवारको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिए पनि ठुलो समस्या हुने छैन ।
मकर : (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशिका लागि साता आइतबार र सोमबार अनावाश्यक यात्रा हुनुका साथै धन खर्च हुने एवं चिन्ता बढ्ने देखिन्छ । मंगलबारदेखि भने अवस्थामा सुधार हुनेछ । तपाईको परिश्रमको उचित मुल्य प्राप्त हुनेछ । शत्रु पराजित हुनेछ भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ । मंगलबार र बुधवार तपाईका लागि विशेष दिन रहेको छ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका लागि यो साताको शुरुवातको दिन आइतबार र सोमबार लाभ स्थानमा चन्द्रमाको गोचर रहने हुनाले व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाईबाट सहयोग प्राप्त हुनेछ भने आम्दानी बढनेछ । मंगलबार र बुधबार बिना प्रयोजनका यात्राहरु हुनुका साथै अचानक खर्चको मात्रा बढ्ने छ । बिहिबारदेखि भने चन्द्रमाको गोचर प्रथम भावमा रहने हुनाले दिनहरु शुभ रहने योग छ । परिवारमा मेलमिलाप कायम हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ ।
मीन : (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साताको शुरुमा चन्द्रमाको गोचर दशम भावमा रहने हुनाले यो साता उपलब्धि मुलक हुने देखिन्छ । नोकरी एवं व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ । साझेदारीका कार्यबाट उचित मुनाफा आर्जन हुनेछ भने सामाजिक कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । कार्य स्थलमा सहयोगी वातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जीवन सुमधुर रहनेछ । विद्यार्थीका लागि समय अनुकुल रहेको छ । यो साताको बिहिबार र शुक्रबार भने खर्च बढ्न सक्ने, स्वास्थ्यमा समस्या आउन सक्ने साथै अनावश्यक विवादमा फस्न सकिने रहेकाले ध्यान दिनुपर्ने रहेको छ।
राशिफलमा जे जस्तो लेखिए पनि तपाईको यो साता सफल रहोस् ।