जुन 25, 2026
ज्योतिष विज्ञान

आज जेठ १४ गते सोमबारको राशिफल यस्तो रहेको छ

काठमाडौं । आज मिति २०८१ साल जेठ १४ गते सोमबार तदनुसार २०२४ मे २७ तारीख जेष्ठ कृष्णपक्ष चतुर्थी तिथि । आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५१ मिनेटमा हुनेछ ।

अब लागौं आजको राशिफल तर्फ:
मेष :  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि भएकाहरूका लागि आज समय  राम्रो रहनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्ने योग छ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । धार्मिक यात्रा फलदायी हुनेछ भने पारिवारिक सहयोग प्राप्त हुने योग छ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

बृष : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशि भएका व्यक्तिहरूको लागि आज दिन सामान्य रहन सक्छ । चन्द्रमाको गोचर आठौँ स्थानमा रहने भएकाले पारिवारिक विवाद बढ्ने, स्वास्थ्य कमजोर रहने हुँदा पुरा हुन लागेको काममा रोकावट आउन सक्ने भएकोले ध्यान दिनु पुर्याउनु होला । विद्यार्थीहरुले राम्रो नतिजाको लागि धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशि भएका व्यक्तिहरूको लागि आज समय राम्रो रहेको छ । धेरैरै समयदेखि रोकिएका कामहरु आज पुरा हुन सक्छ । पहिले गरिएको लगानीबाट राम्रो प्रतिफल मिल्न सक्छ। प्रेम सम्बन्धमा रहेकाहरुले आफ्नो प्रेमीसँग राम्रो समय बिताउन सक्छन् । पतिपत्नीका बीच समझदारी बढ्नेछ । पढाईलेखाइ राम्रो रहने छ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशि भएका व्यक्तिहरूको लागि आज समय राम्रो रहेको छ । मनमा उत्साह र उमङ्ग छाउनेछ। शत्रुहरू पराजित हुन सक्छन् । प्रेम तथा पारिवारिक जीवन राम्रो रहने योग छ ।   राज्यपक्ष र सरकारी कामहरु बन्ने देखिन्छ । सामाजिक प्रतिष्ठा कायम राख्ने समय छ । विद्यार्थीहरुको पढाईमा ध्यान लाग्न सक्छ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशि भएका व्यक्तिहरूको लागि आज समय मध्यम रहेको छ । परिवारका साथ समय बिताउन सकिनेछ भने प्रेम जीवनमा रहेकाहरुले प्रेमीसँग घुमघाममा जान सक्ने समय छ । स्वास्थ्य आज सामान्य रहनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ मिल्न सक्छ । विद्याको क्षेत्रमा प्रगति हुने योग छ ।

कन्या : (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशि भएका व्यक्तिहरूको लागि आज समय केहि प्रतिकूल रहन सक्छ । शरीरमा चोटपटक लाग्न सक्ने रहेकाले ध्यान पुर्याउनु होला । पेट तथा छाती सम्बन्धि समस्या आउन सक्छ । यात्रा फलदायक नरहन सक्छ । साथीभाईको सहयोग नमिल्न सक्छ र पढाईमा रुचि नलाग्ने देखिन्छ ।

तुला : (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशि भएका व्यक्तिहरूको लागि आज समय राम्रो रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट तेश्रो स्थानमा रहने भएकाले दाजुभाई तथा आफन्तको सहयोग प्राप्त हुन सक्छ । आयआर्जन बढ्नुका साथै धनको संग्रह हुन सक्ने योग छ । पारिवारिक जीवनमा विश्वासको वातावरण बन्नेछ । अर्थपूर्ण रमाइलो यात्रा हुन सक्छ । विद्यार्थीले पढाईमा रुचि हुने देखिन्छ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशि भएका व्यक्तिहरूको लागि आज समय मध्यम रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट दोश्रो स्थानमा रहने भएकाले उचित सोचविचार नगरी बोल्दा र हतारमा निर्णय लिँदा काममा समस्या हुने तथा आफन्तसँग वैरभाव हुन सक्छ । संचित धनको नाश हुने देखिन्छ । विद्यार्थीले पढाईमा उचित ध्यान लगाउँदा राम्रो परिणाम प्राप्त हुन देखिन्छ ।

धनु : (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशि भएका व्यक्तिहरूको लागि आज समय राम्रो रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट प्रथम स्थानमा रहने भएकाले आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ भने श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

मकर : (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशि भएका व्यक्तिहरूको लागि आज समय सामान्य रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट द्वादश अर्थात् बाह्रौँ  स्थानमा रहने भएकाले आम्दानी भन्दा खर्च बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने देखिन्छ भने जागिरमा प्रतिष्पर्धीबाट बाधा हुने तथा कामको उचित जस नमिल्ने योग छ। स्वास्थ्य कमजोर रहन सक्ने भएकाले ध्यान दिनुपर्छ। अनावश्यक पारिवारिक विवाद नगर्दा नै राम्रो हुनेछ भने अध्ययनमा अलिक ध्यान दिनुपर्ने छ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशि भएका व्यक्तिहरूको लागि आज चन्द्रमा एकादश गोचरको शुभ प्रभाव गर्दा दिन राम्रो रहनेछ । रोकिएका आर्थिक लेनदेन मिल्ने र हात लाग्नुपर्ने धन मिल्न सक्छ । आफुभन्दा अग्रजको साथ सहयोग मिल्ने देखिन्छ । पारिवारिक तथा प्रेम जीवन सुखमय रहन योग छ । विद्यार्थीले पढाईमा उचित ध्यान दिएमा राम्रो नतिजा प्राप्त गर्न सक्ने छ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशि भएका व्यक्तिहरूको लागि आज चन्द्रमा दशम गोचरको शुभ प्रभाव गर्दा दिन राम्रो रहनेछ । नयाँ कामको थालनी गर्नको लागि दिन राम्रो छ । कार्यक्षेत्रमा रहेका विघ्नबाधा हटेर सहज वातावरण बन्न देखिन्छ । आयआर्जन बढ्नुका साथै साथीभाईको सहयोग मिल्न योग छ । पढाईमा प्रगति हुने देखिन्छ ।

राशिफलमा जे जस्तो लेखिए पनि तपाईको दिन शुभ रहोस् ।

जवाफ लेख्नुहोस्