काठमाडौं । आज मिति २०८१ साल जेठ १६ गते बुधबार तदनुसार २०२४ मे २९ तारीख जेष्ठ कृष्णपक्ष षष्टी तिथि । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५२ मिनेटमा हुनेछ ।
अब लागौं आजको राशिफल तर्फ :
मेष : मेष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर दशौँ राशिमा रहेकाले गर्दा दिन शुभ रहेको छ । आज नोकरी गर्नेहरुका लागि राम्रो मौकाहरु आउन सक्ने योग छ भने व्यवसाय गर्नेहरुले राम्रो नाफा कमाउन सक्ने योग रहेको छ । स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहने देखिन्छ । आज दिन विद्यार्थी वर्गको पढाई पनि राम्रो हुने समय रहेको छ ।
वृष : वृष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर नवौँ राशिमा रहेकाले गर्दा दिन सामान्य रहने देखिन्छ । महत्वपूर्ण कामहरु सुरु नगर्नु नै उचित हुने देखिन्छ । स्वास्थ्य पनि सामान्य नै रहनेछ भने धार्मिक, सामाजिक तथा परोपकार तिर लाग्दा मनमा शान्ति मिल्छ सक्छ । विद्यार्थीले मेहेनत गर्दा पढाई राम्रो रहन सक्ने योग छ ।
मिथुन : मिथुन राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर आठौँ राशिमा रहेकाले गर्दा दिन खासै अनुकूल देखिदैन । नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी नगर्नु नै राम्रो हुनेछ, व्यापार व्यवसायमा संलग्न व्यक्तिलाई हानी हुने देखिन्छ । पेट दुख्ने र चोटपटक लाग्न सक्ने भएकाले खानपिनमा र स्वास्थ्यमा विशेष ध्यान होला ।
कर्कट : कर्कट राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर सातौँ राशिमा रहेकाले गर्दा दिन राम्रो रहेको छ । व्यापार व्यवसायबाट राम्रो नाफा आर्जन हुने योग छ । साझेदारी कामबाट विशेष फाइदा हुने देखिन्छ । पति वा पत्नीको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुने देखिन्छ । विद्यार्थीको पढाईमा पनि प्रगति हुनसक्छ ।
सिंह : सिंह राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर छैटौँ राशिमा रहेकाले गर्दा दिन राम्रो रहेको छ । आज आर्थिक क्षेत्रमा काम गर्ने व्यक्तिले विशेष लाभ प्राप्त गर्न सक्ने देखिन्छ । धनको बचत र दीर्घकालीन लगानी हुन सक्छ । स्वास्थ्य, पारिवारिक जीवन र प्रेम जीवन राम्रो हुने योग छ । विद्यार्थीको पढाई सम्बन्धि क्षेत्रहरु राम्रो रहन सक्ला ।
कन्या : कन्या राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर पाँचौ राशिमा रहेकाले गर्दा दिन सामान्य रहेको छ । आज शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुले राम्रो प्रगति गर्न सक्ने देखिन्छ, अन्य क्षेत्र सामान्य रहने देखिन्छ भने हतारको निर्णयले पछुताउनु पर्ने भएकाले निर्णय गर्दा विचार पुर्याउनु होला । अनावश्यक यात्रा हुन सक्छ, प्रेम जीवन भने राम्रो रहने योग छ ।
तुला : तुला राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर चौंथो राशिमा रहेकाले गर्दा समय खराब रहेको छ । यात्रामा अवरोध र लेनदेनमा घाटा हुन सक्छ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुने देखिन्छ । छातीमा खराबी तथा पेटमा समस्या आउनेछ, दिन नकारात्मक रहेकाले काममा सतर्क अपनाउनु पर्ने देखिन्छ । पारिवारिक र प्रेम जीवनमा शंका तथा अविश्वास पैदा हुन सक्छ । विद्यार्थीको पढाईमा ध्यान नजाने देखिन्छ ।
वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर तेश्रो राशिमा रहेकाले गर्दा दिन राम्रो रहेको छ । व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ । आज आफूभन्दा तल्ला तहका कर्मचारीबाट राम्रो सहयोग मिल्ने देखिन्छ । विद्यार्थीले पढाईमा प्रगति गर्न सक्ने योग छ ।
धनु : धनु राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर दोश्रो राशिमा रहेकाले गर्दा दिन सामान्य रहने देखिन्छ । मुख वा दाँत सम्बन्धि समस्या आउँने देखिन्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । आज प्रेम जीवन तथा पारिवारिक जीवनमा सामान्य असमझदारी देखिए पनि तुरुन्तै हट्ने देखिन्छ । विद्यार्थीको पढाई सामान्य हुने देखिन्छ ।
मकर : मकर राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर आफ्नै राशिमा रहेकाले गर्दा दिन राम्रो रहने देखिन्छ । मानसिक प्रशन्नता र मान, प्रतिष्ठा मिल्ने देखिन्छ । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको दिन शुभ रहेको छ । विद्यार्थीको पढाईमा ध्यान जाने देखिन्छ ।
कुम्भ : कुम्भ राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर बाह्रौं राशिमा रहेकाले गर्दा दिन खराब रहेको छ । स्वास्थ्यमा पेट तथा खुट्टासम्बन्धि समस्या आउने देखिन्छ । परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, लेनदेन र जग्गा जमीन सम्बन्धी कार्यमा विवाद पर्न सक्ने देखिन्छ। पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात हुन सक्ने भएकाले अत्यन्तै सतर्क हुनुहोला ।
मीन : मीन राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर एघारौँ राशिमा रहेकाले दिन धेरै राम्रो रहेको छ । व्यवसायबाट राम्रो फाइदा निकाल्न सक्ने देखिन्छ । कृषि तथा उद्योगमा पनि राम्रो लाभ हुनेछ । कामबाट पनि आर्थिक लाभ मिल्नेछ योग रहेको । आवश्यकता परेको ठाउँमा दाजुभाईको सहयोग मिल्न सक्छ । परिवारमा मेलमिलाप रहनेछ र प्रेम जीवनमा पनि आत्मीय सम्बन्ध बढ्ने देखिन्छ । विद्यार्थी वर्गको पढाईमा पनि राम्रो सफलता मिल्ने योग छ ।
राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् ।