काठमाडौं । आज मिति २०८१ साल जेठ १७ गते बिहीवार तदनुसार २०२४ मे ३० तारीख जेष्ठ कृष्णपक्ष सप्तमी तिथि । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५३ मिनेटमा हुनेछ ।
अब लागौं आजको राशिफल तर्फ :
मेष : व्यक्तिगत सुबिधा र भौतिक सुख सुबिधा उपभोग गर्ने सवालमा लक्ष्यप्रति गम्भीर भएमा हरेक काममा सफलता मिल्ने योग छ । लाभ मूलक विषयमा लगानी गरेमा भविष्य सुध्रिने देखिन्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुने योग छ ।
बृष : इच्छा र आकाङ्क्षाको परिपूर्ति हुने देखिन्छ । लेखन र प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध कामबाट फाइदा मिल्ने देखिन्छ । घरपरिवारमा सानातिना कुरामा वैचारिक मतभेद-विवाद हुनेछ, तर पनि आज सबैले तपाईंकै रुचिअनुसार व्यवहार गर्ने योग छ ।
मिथुन : आजको दिन तपाईको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने देखिन्छ भने अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने प्रवल सम्भावना रहेको छ । अचानक परिस्थिति फेरिएर इच्छा गरेकओ जिम्मेवारी प्राप्त हुने योग रहेको छ ।
कर्कट : आज तपाईको गुनासो बढ्ने समय रहेकोले तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा समेत कमजोरी देखा पर्न सक्छ । इच्छा र आकाङ्क्षाको परिपूर्ति हुने योग छ । कर्मक्षेत्रमा गरिएको मिहिनेत र लगनशीलताका कारण विभिन्न अवसरले पछ्याउनुको साथै पदासीन व्यक्तिहरूसँग मित्रता बढ्ने देखिन्छ । काममा समस्या उत्पन्न हुनसक्छ तर, तनाव लिनुको सट्टा कामको गुणस्तर सुधारका निम्ति प्रयास गर्दा राम्रो हुने योग छ ।
सिंह : पारिवारिक भ्रमणको अवसर मिल्नेछ । तपाईको प्रस्तावलाई छोराछोरीको पूर्ण समर्थन गर्नेछ । पुराना साथीभाइसँग भेटघाटको हुने देखिन्छ । घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नाले पारिवारिक सम्बन्ध राम्रो हुने देखिन्छ ।
कन्या : प्रतिस्पर्धा र परीक्षामा सफलता पाउने देखिन्छ । अनावश्यक काममा समय खेर नफाल्नु नै उचित होला । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने योग छ । कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने भए पनि औपचारिक र अनुशासित तवरले समय बित्नेछ ।
तुला : घरपरिवारको खुसीका लागि कार्य व्यस्तताका बाबजुद पनि समय निकाल्नु बुद्धिमानी हुनेछ । आत्मविश्वासमा वृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी व्यापारीका लागि दिन राम्रो देखिन्छ ।
वृश्चिक : कामकाजलाई थाती राखेर केही समय विश्राम लिनु उचित हुने देखिन्छ । घरपरिवार र साथीभाईको साथ पाउनाले मन प्रसन्न रहने योग रहेको छ ।
धनु : सहकर्मीहरूको भावना बुझी काम गर्न सके पुरानो समस्या पनि हल गर्न सकिने छ । जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ । झै-झगडा र मुद्दा-मामिलाभन्दा एक कदम पछाडी हटेको राम्रो हुनेछ । तर आज त्यस्तो ज्ञान प्राप्त हुने दिन हो, जसले भविष्यमा राम्रो काम गर्नसक्छ ।
मकर : नयाँ परियोजना वा काम थाल्नका लागि समय अनुकूल छ । सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट हुने अवसर जुट्नेछ । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले समय अनुकूल छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ ।
कुम्भ : कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहने देखिन्छ । इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा बढ्ने देखिन्छ तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो होला । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने योग रहेकोले नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ ।
मीन : सामान्य कुराले पनि तनाव उत्पन्न हुनसक्ने भएकाले सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला । पार्टनरको विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्ने देखिन्छ । स्वास्थ्यमा देखिएका समस्या समाधान हुने योग रहेको छ । कुरा काट्ने र शत्रुहरूको गतिविधि बढ्न सक्ने भएकोले सचेत सचेत रहनु होला ।
राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् ।

