काठमाडौं । आज मिति २०८१ साल जेठ १८ गते शुक्रबार   तदनुसार २०२४ मे ३१ तारीख जेष्ठ कृष्णपक्ष अष्टमी तिथि । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५३ मिनेटमा हुनेछ ।

अब लागौं आजको राशिफल तर्फ :
मेष : मेष राशि हुनेहरुको लागि आजको दिन राम्रो रहेको छ । बाधाहरु हटने र सबैतिरबाट सहयोग मिल्ने देखिन्छ । रोकिएका कामहरु बन्नुका साथै पढाइमा मन लाग्नेछ । व्यवसायबाट लाभ मिल्नेछ भने नयाँ कामको सुरुवात हुने योग रहेको छ ।

वृष : वृष राशि हुनेहरुको लागि आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरु बन्ने योग रहेको छ । रोकिएका धन हातपर्नुका साथै श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्ने योग छ ।

मिथुन : मिथुन राशि हुनेहरुको लागि आजको दिन सामान्य रहनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । काममा ढिलाइ भएता पनि व्यापारमा सफलता हात लाग्ने देखिन्छ । काम गर्ने जोश जाँगरमा कमी आउनेछ । अनावश्यक झन्झन्ट आइलाग्ने देखिन्छ ।

कर्कट : कर्कट राशि हुनेहरुको लागि आजको दिन प्रतिकूल रहेको छ । पुरानै समस्याहरु आइलाग्ने देखिन्छ । स्वास्थ्यमा समस्या आउनेछ । यात्रा गर्दा विचार पुर्याउनुहोला । कामहरु रोकिन सक्छन् ।

सिंह : सिंह राशि हुनेहरुको लागि आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ भने रोकिएका कामहरु बन्ने योग छ । रोकिएका धन हातपर्नुका साथै श्रम अनुसारको फल पाइनेछ देखिन्छ । साथिभाइबाट सहयोग मिल्नेछ ।

कन्या : कन्या राशि हुनेहरुको लागि आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्ने देखिन्छ । नयाँ कामको सुरुवमत हुनुको साथै धर्मकर्ममा मन लाग्नेछ । साथिभाइसँग यात्रा हुनेछ । जोश जाँगर बढ्ने देखिन्छ ।

तुला : तुला राशि हुनेहरुको लागि आजको दिन मध्यम रहेको छ । बोलीका कारण समस्या आइलाग्न सक्छ भने यात्रा गर्दा विचार पुर्याउनु होला । धार्मिक तथा सामाजिक क्षेत्रमा समय दिँदा राम्रो हुने देखिन्छ ।  पारिवारिक मनोरञ्जनमा खर्च बढ्ने योग रहेको छ ।

वृश्चिक : वृश्चिक राशि हुनेहरुको लागि आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नुको साथै नयाँ कामको सुरुवमत हुने देखिन्छ । धर्मकर्ममा मन लाग्नेछ । साथिभाइसँग यात्रा हुने योग छ ।

धनु : धनु राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । पढाइमा मन जाने देखिन्छ । स्वास्थ्यमा सुधार हुनुका साथै  नयाँ कामको सुरुवात हुने योग छ । गरेको लगानीकाट राम्रो प्रतिफल प्राप्त हुनेछ भने कामहरु बन्ने योग रहेको छ ।

मकर : मकर राशि हुनेहरुको लागि आजको दिन सामान्य रहेको छ ।  स्वास्थ्यमा सुधार हुनेछ भने नयाँ कामको सुरुवात हुने देखिन्छ । गरेको लगानीकाट राम्रो प्रतिफल प्राप्त हुनेछ ।  अनावश्यक काममा खर्च हुने योग रहेको छ ।

कुम्भ : कुम्भ राशि हुनेहरुको लागि आजको दिन राम्रो रहेको छ । सबै पक्षहरु सबल रहने देखिन्छ । मिष्ठान्न भोजन गर्न पाइने छ । स्वास्थ्यका पुराना समस्याहरु हराउँदै जाने देखिन्छ । कृषिमा सफलता मिल्नुका साथै कामहरु सजिलै बन्ने देखिन्छ ।

मीन : मीन राशि हुनेहरुको लागि आजको दिन सामान्य रहेको छ । खानपान विशेष ध्यान पुर्याउनु पर्ने देखिन्छ । व्यापार व्यवसायमा ठूलो प्रगति हुने देखिदैन । अनावश्यक विवाद नगर्दा राम्रो हुने देखिन्छ र यात्रा गर्दा विचार पुर्याउनु पर्ने देखिन्छ ।

राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् ।