काठमाडौं । आज मिति २०८१ साल जेठ १९ गते शनिबार   तदनुसार २०२४ जुन १ तारीख जेष्ठ कृष्णपक्ष नवमी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५४ मिनेटमा हुनेछ ।

अब लागौं आजको राशिफल तर्फ :  

मेष : मेष राशि हुनेहरुका लागि आज मन भावुक र उत्ताउलो बन्ने देखिन्छ । अनावश्यक ठाउँमा धन खर्च हुने देखिन्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर रहने छ । सरकारी निकायको भय पनि रहला ।

वृष : वृष राशी हुनेहरुका लागि आज शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा हुने देखिन्छ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने योग छ । पढाइमा प्रगति नै हुने देखिन्छ ।

मिथुन : मिथुन राशी हुनेहरुका लागि आज आँटेको र ताकेको कार्य पुरा हुने देखिन्छ । आकस्मिक धनलाभ हुने योग छ । महिला वर्ग बाट सहयोग मिल्ने देखिन्छ । पारिवारिक सद्भाव पनि बढ्ने योग रहेको छ ।

कर्कट : कर्कट राशी हुनेहरुका लागि नयाँनौलो समाचार सुन्न पाइनेछ । सामाजिक काम र धर्मकर्ममा मन लाग्नुका साथै  गरेका कामबाट राम्रै लाभ हुने देखिन्छ । प्रेमीको सहयोग पनि पाइनेछ ।

सिंह : सिंह राशी हुनेहरुका लागि आज निर्णय कार्यान्वयन हुन गारो हुने देखिन्छ । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु पर्ने छ । जोशजाँगर र आत्मबलमा पनि कमी आउने देखिन्छ ।

कन्या : कन्या राशी हुनेहरुका लागि एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने देखिन्छ । राजनैतिक कार्यमा सफलता मिल्ने योग रहेको छ ।

तुला : तुला राशि हुनेहरुका लागि आज सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ । अरुलाई प्रभावित पारेर अधुरा काम बन्ने योग रहेको छ ।

वृश्चिक : वृश्चिक राशी हुनेहरुका लागि आज नयाँ कार्यको योजना बन्ने देखिन्छ । नजिकको मित्रसँग भेटघाट हुने देखिन्छ  । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छ ।

धनु : धनु राशी हुनेहरुको लागि आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहेको छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

मकर : मकर राशी हुनेहरुका लागि आज पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्ने योग छ । जोशजाँगर र हिम्मत बढ्ने देखिन्छ ।

कुम्भ : कुम्भ राशी हुनेहरुको लागी आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउने देखिन्छ । नयाँ कार्यको अवसर पनि मिल्ने योग रहेको छ ।

मीन : मीन राशि हुनेहरुको लागि आज रोकिएका काम पुनः सुरु हुन सक्ने योग छ । जोशजाँगर र उमङ्ग बढ्ने देखिन्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने योग रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने देखिन्छ ।

राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् ।