काठमाडौं । आज मिति २०८१ साल जेठ २० गते आइतबार   तदनुसार २०२४ जुन २ तारीख जेष्ठ कृष्णपक्ष एकादशी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५४ मिनेटमा हुनेछ ।

अब लागौं आजको राशिफल तर्फ :

मेष : मेष राशि भएकाहरूका लागि आज आफन्त इष्टमित्र, दाजुभाई कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो रहेको छ । मन स्थिर नहुने, गर्न खोजेका काममा बाधा आउने र  स्वास्थ्य पनि समस्या आउने देखिन्छ । चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु होला ।

वृष : वृष राशि भएकाहरूका लागि आजको दिन शुभ रहनेछ । आम्दानीका नयाँ स्रोत थपिंदै जाने देखिन्छ । नयाँ-नयाँ  कार्ययोजना बनाउदा लाभ हुनेछ । समयलाई सहि सदुपयोग गर्न सके मनग्ये लाभ हासिल गर्न सकिने देखिन्छ ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आजको दिन मध्यम खालको रहेको छ । स्वास्थ्य राम्रो रहने छैन भने जति राम्रो काम गर्दा पनि आफैंलाई सन्तुष्टि नमिल्ने देखिन्छ । आज टाढाको यात्रा गर्नु पनि उचित देखिदैन । कामहरुमा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पार्न सक्ने योग रहेको छ ।

कर्कट : कर्कट राशिका लागि आज दिन खराब रहनेछ । आफन्त व्यक्तिसङ्ग विवाद पर्ने सम्भावना रहेको छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । आकस्मिक रोगले दु:ख दिन सक्ने भएकोले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नयाँ काम सुरु गर्न र टाढाको यात्रा गर्नु उचित देखिदैन ।

सिंह : सिंह राशि भएकाहरूका लागि आजको दिन शुभ छैन । मानसिक चिन्ता बढ्नेछ । तिरस्कार, हिनतावोध, आफ्ना आश्रित कर्मचारी, छोरा-छोरीबाट धोका खानु पर्नेछ । आफन्तबाट असहयोग हुनेछ । आम्दानीभन्दा खर्च नै ज्यादा हुने देखिन्छ । अनावश्यक रुपमा शत्रु बढ्ने हुनाले कसैसंग वादविवाद नगर्नु नै उचित होला ।

कन्या : कन्या राशि भएकाहरूका लागि आजको दिन राम्रो रहेको छ । उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । जमिन सम्बन्धी जुनसुकै पेशा वा नगदेवालीमा आधारित कामबाट राम्रो फाइदा हुने देखिन्छ । पुराना इष्टमित्र एक्कासी भेट हुने योग रहेको छ । आज तपाईले इच्छ्याएको  काम बन्ने देखिन्छ ।

तुला : तुला राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्ने, व्यापार–व्यवसायमा लाभ, प्रेम सम्बन्ध सुमधुर बन्न र पति-पत्नीको रमाइलो यात्रा हुने देखिन्छ । घरमा पारिवारिक सहयोग मिल्नेछ । शुभ समय रहेकोले धार्मिक कार्यमा लगानी हुन सक्नेछ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज स्वास्थ्यमा एक्कासी समस्या आउने देखिन्छ । मानसिक अशान्ति, कार्यमा बिघ्नबाधा, खानामा गडबडी हुन सक्नेछ । यात्रामा संकट पर्न सक्ने भएकाले आज पूर्व दिशाको यात्रा नगर्नुहोला । आँखा वा शरीरको कुनैैै पनि भागमा दुख्ने वा चोट लाग्न सक्ने भएकोले सतर्क अपनाउनु होला ।

धनु : धनु राशिका लागि आज समय अत्यन्तै खराब छ । आफूले सोचेका काममा सोचे जस्तो सफलता पाइने छैन ।  पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला ।

मकर : मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ ।  मनमा फूर्ति र उत्साह बढ्ने देखिन्छ । काममा जागर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्दा सफलता मिल्ने देखिन्छ । तपाईंले आटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ । समय शुभ रहेकाले धार्मिक कार्यमा लगानी गरेमा लाभ तथा पुण्य मिल्ने योग रहेको छ ।

कुम्भ : कुम्भ राशिका लागि आज जुनसुकै काममा पनि विघ्नबाधा ज्यादा आइलाग्ने देखिन्छ । आर्थिक कारोबार पनि भद्रगोल हुनसक्नेछ । व्यर्थमा मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्यमा समस्या, आफन्तसंग कलह हुनसक्ने भएकोले सचेत रहनु होला । भोलिदेखि टाढाबाट धन प्राप्ति हुनुका साथै धार्मिक कार्यमा मन जाने देखिन्छ ।

मीन : मीन राशि भएकाहरूका लागि आज आम्दानीका नँया श्रोत देखा पर्दै जानेछ । आज जे काम गरे पनि सजिलै सम्पन्न हुने देखिन्छ । परिवारका सदस्य, निकटतम कर्मचारी र सबै ईष्टमित्रले तपाईंलाई सहयोग गर्नेछन् । त्यसैले आँटेको काम थालनी गर्दा अत्यन्तै राम्रो हुनेछ ।

राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् ।