काठमाडौं । आइसीसी टी-२० विश्वकप अघिको अभ्यास खेलमा भारतले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न भएको खेलमा भारतले बंगलादेशलाई ६० रनले पराजित गरेको हो ।
भारतले दिएको १८३ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १२२ रन मात्र बनाएको थियो । भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १८२ रन बनाएको थियो । भारत आइसीसी टी-२० विश्वकपमा समुह ‘ए’ मा रहेको छ । भारतले पहिलो खेल आगामी बुधबार आयरल्याण्डसँग खेल्दै छ ।
बंगलादेश समुह ‘डी’ मा नेपालकै समुहमा रहेको छ । बंगलादेशले पहिलो खेल जुन ८ मा श्रीलंकासँग खेल्ने तालिका रहेको छ ।