share 238 काठमाडौं । यस वर्षको मनसुनी प्रणाली भारतको सिक्किम आइपुगेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पूर्वी-उत्तर भूभाग, बंगलादेश, भुटान हुँदै मनसुनी प्रणाली सिक्किम पुगेका हुन् । औसत नेपालमा १३ जुनमा मनसुन भित्रिने गर्छन् । यसपटक निर्धारित समयमै मनसुन भित्रिने अनुमान गरिएको मौसमविद् गोविन्द झाले बताए । उनले भने, ‘अहिलेसम्मको स्थिति हेर्दा औसत समयमै मनसुन भित्रिने देखिन्छ । तर, यसबीचमा अन्य प्रणालीको असर कस्तो हुन्छ, त्यसमा भर पर्ने भएकाले अहिले नै भन्न सकिँदैन।’ नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरेर पश्चिमसम्म पुग्न कम्तीमा एक साता लाग्छ, गत वर्ष भने २३ दिन लागेको थियो । मनसुन देशभर फैलिन पश्चिमी वायुलाई मनसुनले विस्थापन गर्नुपर्ने हुन्छ । पोस्टको नेभिगेसन कस्तो छ आजको मौसम पूर्वानुमान ? यी प्रदेशहरुमा चट्याङसहित वर्षा हुने