काठमाडौं । ज्योतिष विज्ञान अनुसार तयार पारिएको यो साता (वि. सं. २०८१ जेठ २० गतेदेखी २६ गते सम्म) भरिको साप्ताहिक राशिफल यस्तो रहेको छ ।

मेष : मेष राशिका लागि यो साताको आइतबार र सोमबार अनावश्यक यात्रा हुने र धन खर्च हुने एवं चिन्ता बढ्ने देखिन्छ । तर मङ्गलबार देखि भने अवस्थामा सुधार हुनेछ । तपाईको परिश्रम को उचित मुल्य प्राप्त हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ। यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ ।

वृष : वृष राशिका लागि यो साताको शुरुवातको दिन आइतबार र सोमबार लाभ स्थानमा चन्द्रमाको गोचर रहने हुनाले व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाईबाट सहयोग प्राप्त हुने देखिन्छ । आम्दानी बढ्नुका साथै मङ्गलबारदेखि बिहिबारसम्मको समयमा भने बिना प्रयोजनका यात्राहरु हुन सक्नेछन्। अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । शुक्रबार देखि चन्द्रमाको गोचर प्रथम भावमा रहने हुनाले दिनहरु शुभ रहनेछन् । परिवारमा मेलमिलाप कायम हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ ।

मिथुन : साताको शुरुमा चन्द्रमाको गोचर दशम भावमा रहने हुनाले यो साता उपलब्धि मुलक हुने देखिन्छ । नोकरी एवं व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ । साझेदारीका कार्यबाट उचित मुनाफा आर्जन हुने देखिन्छ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । कार्य स्थलमा सहयोगी वातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जीवन सुमधुर रहनेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ तपाईको परिश्रमको राम्रो परिणाम प्राप्त हुनेछ । यो साताको शुक्रबार र शनिबार भने खर्च बढ्न सक्ने, स्वास्थ्यमा समस्या आउन सक्ने, अनावश्यक विवादमा फस्न सकिने रहेकाले ध्यान दिनुपर्ने रहेको छ।

कर्कट : कर्कट राशिका लागि यो साता उत्तम रहेको छ । नवम भावमा चन्द्रमाको गोचरबाट साताको सुरुवात भइ दशम र एकादश भावमा चन्द्रमा रहने हुनाले सामाजिक एवं आध्यात्मिक कार्यमा मन जाने देखिन्छ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेको साथै यो साता विशेष गरि व्यापार व्यवसायबाट आर्थिक अवस्था सबल रहने देखिन्छ । सामाजिक क्षेत्र बाट समेत साथ र सहयोग प्राप्त हुने देखिन्छ । व्यापार व्यवसायमा लगानी अनुसार प्रतिफल मिल्नेछ । मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जीवन राम्रो रहनेछ । विद्यार्थीको पढाई पनि यो साता राम्रो रहनेछ ।

सिंह : सिंह राशिका लागि साता मिश्रित रहने देखिन्छ । साताको शुरुमा चन्द्रमाको गोचर आठौं भावमा रहने हुनाले स्वास्थ्य कमजोर हुने, खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्ने योग छ । आफ्ना बिरोधीहरुले समस्या उत्त्पन्न गर्न सक्छन् । व्यापार व्यवसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछ । तर मङ्गलबार देखि भने दिनहरु शुभ रहनेछन् । नोकरी तथा व्यवसायको क्षेत्र राम्रो भएर अगाडि बढ्नेछ। राम्रो आर्थिक लाभको अवसरहरु पनि प्राप्त हुनेछन्। धेरै समय रोकिएका कामहरु बन्नेछन् ।  विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्छन्।

कन्या : साताको शुरुमा सप्तम भावमा चन्द्रमाको गोचर रहने हुनाले सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट नाफा आर्जन हुनेछ ।आफ्ना दाजुभाईको तथा आफन्तको सहयोग प्राप्त हुनेछ । रमाइलो यात्रा हुन सक्छ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जीवनसाथी बाट उचित सहयोग मिल्नेछ । पढाई कमजोर हुन सक्ने देखिन्छ त्यसकारण विद्यार्थीले पढाईमा ध्यान दिनु आवश्यक छ । मङ्गलबार र बुधबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन् ।

तुला : तुला राशिका लागि यो साता शुभ रहेको छ । बोलीको प्रभाव बढ्नेछ। आर्थिक अवस्था सबल रहनेछ। साथीभाईको साथ र सहयोगले अप्ठ्यारा काम समेत बन्नेछन् । यो साता व्यापार व्यवसायमा सकारात्मक अवस्था रहनेछ । साताको मध्यभाग तिर केहि उतार चढाव आउन सक्नेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । विद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ । यो साताको तुलनात्मक रुपमा शुक्रबार र शनिबार कमजोर दिन रहेका छन् ।

वृश्चिक : वृश्चिक राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा चन्द्रमाको गोचर पञ्चम भावमा रहने हुनाले तपाईको बौद्धिक क्रियाकलापमा मन जानेछ भने तपाईको सिर्जनात्मक क्षमताको कदर हुनेछ। आर्थिक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यवसायबाट पनि उचित लाभ मिल्नेछ । विशेष गरि कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यवसायबाट सोचे अनुरुप लाभ मिल्नेछ । नोकरी गर्ने हरुका लागि पनि शुभ समय रहने देखिन्छ । सन्तानबाट सुख प्राप्त हुनेछ । विद्यार्थीको पढाईका लागि यो उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जीवन पनि सुखद रहनेछ ।

धनु : धनु राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । साताको शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले पारिवारिक समस्या, अनावश्यक झण्झट एवं कार्यमा वाधा आउन सक्नेछ । मङ्गलबार देखि भने अवस्था सकारात्मक हुँदै जानेछ।  साथीभाईसँग रमाईला पलहरु व्यतित हुनेछन् । नोकरीमा सफलता मिल्नेछ । सहकर्मी साथीबाट सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ मिल्नेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । अध्ययन कार्यमा मन जानेछ । प्रतिस्पर्धीलाई चुनौती दिन सक्नुहुनेछ।

मकर : मकर राशिका लागि यो साता तृतीय भावमा चन्द्रमाको गोचर रहने हुनाले साहस तथा पराक्रम बढ्नेछ। आफ्ना साथीभाईबाट महत्वपुर्ण सहयोग मिल्नेछ । व्यापार व्यवसायमा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन् । नोकरी गर्नेहरुका लागि पनि सकारात्मक रहनेछ ।  प्रेम तथा पारिवारिक जीवन सुखद् रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाई सकारात्मक रहनेछ मङ्गलबार र बुधबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन्।

कुम्भ : कुम्भ राशिका लागि यो साता शुभ रहेको छ । धन स्थानमा चन्द्रमाको गोचरबाट साताको शुरुवात हुने हुनाले तपाई बोलीको प्रभाव बढ्ने छ । सिर्जनात्मक एवं अभिव्यक्ति क्षमता बढनाले महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ । आफ्ना दाजुभाईको सहयोगबाट व्यापार व्यवसायमा सफलता मिल्नेछ ।  परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ । शुक्रबार र शनिबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु देखिएका छन्।

मीन : मीन राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा चन्द्रमाको प्रभाव प्रथम भावमा रहने हुनाले मान प्रतिष्ठा बढ्नेछ । मन प्रफुल्ल रहनेछ भने विभिन्न रमाइला कार्यक्रममा सरिक हुने अवसर जुट्नेछ । आत्मविश्वास उच्च हुनेछ भने तपाईको विचारको सर्वत्र प्रशंसा हुनेछ । आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट उचित मुनामा आर्जन हुनेछ । नोकरीमा तपाईको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सल्लाह लिएर कार्य गर्नु उत्तम हुनेछ । अप्ठ्यारो अवस्थामा परिवार को साथ र सहयोग प्राप्त हुनेछ ।  प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिए पनि ठुलो समस्या हुने छैन।

राशिफलमा जे जस्तो लेखिए पनि तपाइको समय शुभ रहोस् ।