काठमाडौं । आज मिति २०८१ साल जेठ २१ गते सोमबार तदनुसार २०२४ जुन ३ तारीख जेष्ठ कृष्णपक्ष द्वादशी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५५ मिनेटमा हुनेछ ।
अब लागौं आजको राशिफल तर्फ :
मेष : आज मेष राशि भएकाहरूका लागि रचनात्मक कार्य प्रारम्भ गर्ने समय रहेको छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने देखिन्छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।
वृष : वृष राशि भएकाहरूका लागि आज समय मध्यम रहने देखिन्छ । अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनु पर्ने देखिन्छ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । अवसरवादीहरूले फसाउने चेष्टा गर्नसक्छ । अरूका लागि खर्च बढ्न सक्ने देखिन्छ । आस देखाउनेहरूको विश्वासमा नपर्दा नै राम्रो होला ।
मिथुन : मिथुन राशि भएकाहरूका लागि आजको समय शुभ छ । आम्दानी बढ्नाले उत्साह जाग्ने देखिन्छ । पेसा-व्यवसायमा विशेष लाभ हुने योग रहेको छ । दैनिक आवश्यकता पूरा हुनुका साथै मिहिनेत गर्दा सजिलै लक्ष्यप्राप्ति हुनेछ । साझेदारीबाट लाभ मिल्ने देखिन्छ ।
कर्कट : कर्कट राशिका लागि आज दिन मध्यम खालको छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्ने देखिन्छ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनु पर्ने देखिन्छ ।
सिंह : सिंह राशि भएकाहरूका लागि आज काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय रहेको छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्नुका साथै साथीभाइको सहयोगले हिम्मत दिलाउने देखिन्छ ।
कन्या : कन्या राशि भएकाहरूका लागि आजको दिन राम्रो रहने देखिन्छ । चिताएको काम छिटै सम्पादन हुनुका साथै सहयोगीहरूले हिम्मत दिलाउने देखिन्छ । व्यापारमा पनि प्रशस्त फाइदा हुने र आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने भएकाले दाम र प्रतिष्ठा कमाउने योग रहेको छ ।
तुला : आज तुला राशि भएकाहरूका लागि स्वास्थ्य राम्रो रहनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहने देखिन्छ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। घुमफिर तथा मनोरञ्जनमा समय बिताउने अवसर पाउनुका साथै उपभोग्य भौतिक वस्तु किनमेल गर्ने योग देखिन्छ ।
वृश्चिक : आज वृश्चिक राशि भएकाहरूका लागि समय सामान्य रहन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्ने भएकाले परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्ने खतरा छ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानुका साथै पुरानो गतिले पनि काम बिग्रन सक्ने देखिन्छ ।
धनु : आज धनु राशिका लागि सुखद समाचारले उत्साह जगाउने देखिन्छ । बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउने देखिन्छ
मकर : आज मकर राशि भएकाहरूका लागि बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल हुनेछन् । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनुका साथै प्रतिस्पर्धीहरूले हार खाने देखिन्छ । ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिने योग रहेको छ ।
कुम्भ : आज कुम्भ राशिका लागि समय शुभ छ । मनग्य धन लाभ हुनुका साथै मानसम्मान प्राप्त हुने देखिन्छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन् र रोकिएका काम सम्पादन हुने योग रहेको छ ।
मीन : आज मीन राशि भएकाहरूका लागि समय त्यति धेरै अनुकूल छैन । आफूले सोचेका काममा भने जस्तो सफलता पाइने देखिदैन । सहयोगीहरूको काममा साथ नमिल्न सक्छ । अनावश्यक काममा खर्च हुनसक्ने भएकोले सतर्क रहनु होला ।
राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् ।

