काठमाडौं । आज मिति २०८१ साल जेठ २२ गते मंगलबार तदनुसार २०२४ जुन ४ तारीख जेष्ठ कृष्णपक्ष त्रयोदशी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५५ मिनेटमा हुनेछ ।
अब लागौं आजको राशिफल तर्फ :
मेष : मेष राशी हुनेहरुका लागि आजको दिन माया बढ्ने देखिन्छ । अचानक प्रेम पस्ताव आउने भएकाले त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला । साथीभाइ सकारात्मक हुने योग रहेको छ ।
वृष : वृष राशी हुनेहरुका लागि आज प्रेम बढ्ने योग रहेको छ । शिक्षाको क्षेत्रमा उन्नति हुनुका साथै परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्ने योग रहेको छ ।
मिथुन : मिथुन राशी हुनेहरुका लागि आज वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्ने देखिन्छ । शिक्षाको क्षेत्रमा राम्रा सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला ।
कर्कट : कर्कट राशि हुनेहरुका लागि आज आर्थिक क्षेत्रमा झुक्याउने धेरै रहने भएकोले होशियारपूर्वक काम गर्नुपर्ने देखिन्छ । राजनीति र सामाजिक क्षेत्रमा राम्रो योग रहेको छ ।
सिंह : सिंह राशी हुनेहरुका लागि आज शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ । स्वास्थ्यमा भने समस्या हुने योग रहेको छ ।
कन्या : कन्या राशी हुनेहरुका लागि आज दिन सामान्य रहेको छ । व्यवसायबाट राम्रो आम्दानी हुने देखिन्छ । प्रेममा धोका पाउने योग रहेको छ म
तुला : तुला राशी हुनेहरुका लागि आज अध्ययनमा जोश बढ्ने देखिन्छ । मानसम्मान पाइनेछ । राजनीति क्षेत्रमा प्रतिस्पर्धी सक्रिय रहेकोले बोल्दा ख्याल गर्नुहोला ।
वृश्चिक : वृश्चिक राशी हुनेहरुका लागि आज आफूले गर्दै आएका काममा होसियार भएर अगाडि बढ्नुहोला । व्यापार र वैदेशिक क्षेत्रमा भने लाभको योग रहेको छ।
धनु : धनु राशी हुनेहरुका लागि आज आफ्नो प्रभाव घट्ने देखिन्छ । ठूला कार्यमा हात नहालेकै राम्रो हुने देखिन्छ । सामान्य कुरा मै बादबिबाद हुने देखिएकाले मौन बस्नु उचित देखिन्छ ।
मकर : मकर राशी हुनेहरुका लागि आज व्यापारको क्षेत्रमा धेरै राम्रो हुने देखिन्छ । लगानीबाट सम्तोषजनक परिणाम प्राप्त हुनुका साथै जग्गाजमिनको कारोबार गर्नुभयो भने ठूलो आर्जन हुने योग रहेको छ ।
कुम्भ : कुम्भ राशी हुनेहरुका लागि आज सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने देखिन्छ । शरीरमा थकानको अनुभूति हुनसक्छ । पारिवारिक वातावारणमा समय बित्ने देखिन्छ । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ मिल्न सक्छ ।
मीन : मीन राशी हुनेहरुका लागि आजको दिन आफ्नो प्रभाव घट्ने योग रहेको छ । ठूला कार्यमा हात नहालेकै राम्रो । तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला ।
राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् ।

