काठमाडौं । आज मिति २०८१ साल जेठ २४ गते बिहीबार तदनुसार २०२४ जुन ६ तारीख जेष्ठ कृष्णपक्ष औंशी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५६ मिनेटमा हुनेछ ।
अब लागौं आजको राशिफल तर्फ :
मेष : मेष राशि भएकाहरूका लागि आजको दिन मध्यम रहने देखिन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । मान सम्मान बढ्ने देखिन्छ । समाज सेवामा मन जानेछ भने प्रतिस्पर्धी निस्तेज हुनेछन् ।
वृष : वृष राशि भएकाहरूका लागि आज चन्द्रमाको प्रथम गोचरको शुभ फल प्राप्त हुने भएकाले मानसम्मान प्राप्त हुनेछ । सामाजिक, धार्मिक, वैदेशिक र व्यापारिक क्षेत्र यथास्थितिमा रहे पनि प्रेममा भने धोका पाइनेछ ।
मिथुन : मिथुन राशि भएकाहरूका लागि समय केहि प्रतिकूल रहन सक्छ । अग्रजबाट सल्लाह लिएर मात्र नयाँ कामको थालनी गर्नुहोला । वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्ने देखिन्छ । पारिवारिक क्षेत्रमा मेलमिलापको योग रहेको छ ।
कर्कट : आज कर्कट राशिका लागि समय शुभ रहेको छ । दीर्घकालीन काममा हात हाल्दा सफलता मिल्ने देखिन्छ । धार्मिक क्षेत्रमा मन जाने योग रहेको छ ।
सिंह : आज सिंहका लागि आज दिन राम्रो रहेको छ । शत्रु नाश हुनुका साथै दैनिकीमा प्रगति हुनेछ। राजनीतिमा आफ्नो संगठन बलियो हुनेछ । वैदेशिक क्षेत्रमा भन्दा देशमा गरिएको कामबाट नाम, दाम, सम्मान मिल्ने देखिन्छ ।
कन्या : कन्या राशि भएकाहरूका लागि आज समय मध्यम छ । भविष्यबारे गरिने निर्णयले सुख दिने देखिन्छ । सामाजिक र राजनीति क्षेत्र यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा मिल्ने देखिन्छ । रोगबाट मुक्ति मिल्ने र प्रेममा सफलता प्राप्त हुने योग रहेको छ ।
तुला : तुला राशि भएकाहरूका लागि आज समय त्यति अनुकुल नरहन सक्छ । वैदेशिक क्षेत्रमा भने साथीभाइको सहयोग मिल्ने योग रहेको छ ।
वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । मनमा नयाँ सोचको विकास हुनेछ । समस्याबाट ज्ञान लिँदै अगाडि बढ्नु होला । स्वास्थ्यमा समस्या हुनसक्छ । प्रेम सम्बन्ध र परिवारबाट हौसला बढाउने देखिन्छ ।
धनु : धनु राशिका लागि आज समय सामान्य छ । आफ्नो बोली सम्हाल्नु राम्रो हुन्छ । आफन्तले असहयोग गरे पनि सहयोगका लागि नयाँ मान्छे उपस्थित हुने देखिन्छ ।
मकर : मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । प्रतिस्पर्धी निस्तेज हुनेछन् । शिक्षामा गरेको लगानीबाट फाइदा मिल्ने देखिन्छ ।
कुम्भ : कुम्भ राशिका लागि आज समय केहि प्रतिकूल रहन सक्छ । नयाँ कामको थालनी नगर्नु नै उचित हुने देखिन्छ । वैदेशिक क्षेत्रमा भने नाम, दाम, सम्मान पाइने छ।
मीन : मीन राशि भएकाहरूका लागि आज समय उत्तम रहने देखिन्छ । विभिन्न संघ संस्था र बन्धुबाट सहयोग प्राप्त हुने देखिन्छ । परिवारबाट प्राप्त खुशीले दिन रमाइलो बन्ने देखिन्छ ।
राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् ।