share 239 काठमाडौं । आज देशभर आंशिक देखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । देशमा स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम,कर्णाली र लुम्बिनी र कोशी प्रदेशका एक-दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ । त्यस्तै, आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान रहेको छ । पोस्टको नेभिगेसन यी प्रदेशहरुमा चट्याङसहित वर्षा हुने कस्तो रहला आजको मौसम ?
काठमाडौं । आज देशभर आंशिक देखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।