साङ्केतिक तस्बिर 
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वितरण गरेको विद्युत लाइन भूमिगत कार्य भइरहेकोले काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

 

प्राधिकरणले आज एक सूचना जारी गर्दै आइतबारदेखि कीर्तिपुर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य सुरु हुने बताएको हो ।

सुचना जारी गर्दै काठमाडौंका विभिन्न स्थानहरूमा फरक फरक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणको भनाइ छ ।

bikuli