share 250 काठमाडौं । शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत लाइन अवरुद्ध हुने भएको छ । रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका भइरहेकोले विभिन्न फिडहरूको लाइन अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको हो । प्राधिकरणका अनुसार बिहान ११:०० बजेदेखि साँझ ०५:०० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । शनिबार बबरमहल क्षेत्रमा रहेको सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय लगायत स्थानमा विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ । पोस्टको नेभिगेसन काठमाडौंको यी स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने विद्युतीकरणले काभ्रेको डाँडापारीस्थित महाभारत भयो झिलीमिली