काठमाडौं । ज्योतिष शास्त्र अनुसार तयार पारिएको आज मिति २०८१ साल जेठ २७ गते आइतबारदेखि असार १ गते शनिबारसम्मको साप्ताहिक राशिफल ।
मेष : मेष राशिका लागि यो साता शुभ रहेको छ । साताको शूरुवातमा चन्द्रमाको गोचर तृतीय भावमा रहने हुनाले कुनै पनि कार्यमा तपाईको साहस तथा पराक्रम बलियो रहने छ । यो साता आम्दानी बढ्ने देखिन्छ । व्यापार व्यवसायबाट मनग्ये लाभ हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर नै रहनेछ । विद्यार्थीका लागि हेर्दा पढाईमा कमजोरी हुन सक्ने देखिन्छ । मन अस्थिर रहनाले पढाई विग्रन सक्नेछ ।
वृष : साताको शुरुमा चन्द्रमाको गोचर धन स्थानमा रहनेछ । यो साता व्यापार व्यवसाय बाट प्रशस्त धन आर्जन हुने देखिन्छ । बोलीको प्रभाव बढ्नेछ । परिवार तथा साथीभाई सँग रमाईलो एवं मनोरञ्जनात्मक कार्यमा सहभागी हुने सक्ला । सामाजिक कार्यमा मन जानेछ, ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । साझेदारीका कार्यबाट लाभ हुनेछ । अध्ययन अध्यापन कार्य कमजोर रहनेछ । नोकरी गर्नेहरुका कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सामान्य नै रहने देखिन्छ ।
मिथुन : मिथुन राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुमा चन्द्रमाको गोचर पहिलो घरमा रहने हुनाले आत्मविश्वास एवं आत्मसम्मान बलियो रहनेछ । यो साता आर्थिक अवस्था मिश्रित रहनेछ । साथी भाईसँग रमाईलो भेटघाट एवं सहकार्य हुने अवसर जुट्नेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । विद्यार्थीको पढाईमा विभिन्न कारण बस वाधा आउन सक्नेछ । सकारात्मक सोचका साथ परिश्रम गर्नु आवश्यक छ । आफना आफन्तको सहयोगबाट महत्वपुर्ण कार्यमा सफलता मिल्ने देखिन्छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ ।
कर्कट : कर्कट राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । आईतबार र सोमबार बाह्रौं भावमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुनेछ । जसले गर्दा तपाईको यो साता नसोचेको क्षेत्रमा खर्च हुन सक्नेछ । काममा बढि दौडधुप हुने तर उपलब्धि भने कम हात लाग्नेछ । मंगलबारदेखि भने सुधार हुनुका साथै तपाईको नोकरीमा सफलता मिल्नेछ । कार्यस्थलमा सकारात्मक वाताबरण कायम हुनेछ । बौद्धिक क्रियाकलापमा चासो बढ्नेछ । नयाँ सवारी साधन जोड्ने योग रहेकोे छ । व्यापार व्यवसाय विस्तार हुनेछ । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । सोमबार र मंगलबार भने अनावश्यक खर्च बढ्ने र चिन्ता बढ्ने देखिन्छ । विद्यार्थीको पढाई बाहेक अन्य गतिविधिमा मन जान सक्नेछ । सचेत रहनु उत्तम होला ।
सिंह : साताको शुरुमा लाभ स्थान मा चन्द्रमाको प्रभाव रहने हुनाले यो साता व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने देखिन्छ । आत्मविश्वास एवं आत्मसम्मान उच्च रहनेछ । नोकरीमा सफलता मिल्नुका साथै सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । व्यापार व्यवसायबाट उचित मुनाफा आर्जन हुनेदेखिन्छ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जिवन साथिबाट उचित साथ र सहयोग प्राप्त मिल्ने छ । विद्यार्थीको पढाइमा कमजोरी देखिन सक्ने हुनाले बढि ध्यान दिनु आवश्यक छ ।
कन्या : कन्या राशिका लागि यो साता उत्तम रहने देखिन्छ । कर्म स्थानमा चन्द्रमा को गोचर बाट साताको शूरुवात हुनाले यो साता नोकरी गर्ने हरुका लागि शुभ समय रहनेछ । सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक मान प्रतिष्ठा बढ्नेछ । साथीभाईको साथ र सहयोगले आत्मविश्वास बढ्नेछ । आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ ।
तुला : तुला राशिका लागि यो साता राम्रो रहेको छ । साताको शुरुवातमा नै चन्द्रमा को गोचर नवम भावमा रहने हुनाले आफुले गर्ने हरेक कार्यमा भाग्यले साथ दिनेछ । आर्थिक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यवसायबाट उचित लाभ मिल्नेछ । कार्य स्थलमा तपाईको कार्यको प्रशंसा हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । त्यसैगरि धन बचत हुनेछ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । परिवारका सदस्यसँग रमाईला पलहरु बिताउन सक्नुहुनेछ ।
वृश्चिक : वृश्चिक राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । साताको शूरुमा आईतबार र सोमबार चन्द्रमाको गोचर अष्टम भावमा रहने हुनाले स्वाथ्य सम्बन्धि समस्या देखिन सक्नेछ । कतिपय कार्यमा शत्रुबाधा भएर काममा रोकावट हुन सक्नेछ । मंगलबार देखि भने सुधार हुनेछ । दाम्पत्य सम्बन्ध प्रगाढ रहनेछ । यो साता मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पल हरु व्यतित हुनेछन । नोकरीमा सफलता मिल्नेछ । व्यवसाय बाट उचित लाभ मिल्नेछ । विद्यार्थीलाई अध्ययन कार्यमा मन जानेछ ।
धनु : धनु राशिका लागि यो साता मिश्रित रहने छ । साताको शुरुमा चन्द्रमाको गोचर सप्तम भावमा रहने हुनाले सुन्दरता एवं भोग विलासमा मन जान सक्नेछ। साझेदारीका कार्यबाट लाभ एवं व्यापारिक कार्यका लागि यात्रा हुने योग रहेकोे छ । स्वास्थ्य अवस्था सकारात्मक रहनेछ । व्यापार व्यवसाय विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जाने देखिन्छ । नोकरी गर्नेहरुका लागि पनि समय सकारात्मक रहनेछ । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । विद्याथीृको पढाई भने कमजोर हुन सक्ने देखिन्छ ।
मकर : मकर राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुमा छैठौं भावमा चन्द्रमाको गोचर रहने हुनाले शत्रुहरु पराजित हुने छन । मातृ एवं मामली पक्षबाट साथ र सहयोग प्राप्त हुने देखिन्छ । आफ्ना सन्तानबाट सुख प्राप्त हुनेछ । यो साता तपाईको सिर्जनसिलता बढ्नेछ । तपाइको बौद्धिक क्षमताको उचित कदर हुने योग रहेको छ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति बढ्नुका साथै प्रेम सम्बन्ध सुमधुर रहनेछ ।
कुम्भ : कुम्भ राशिका लागि यो साता शुभ रहनेछ । साताको शुरुमा चन्द्रमाको गोचर पञ्चम भावमा रहने हुनाले बौद्धिक एवं सामाजिक कार्यमा सक्रियता बढ्नेछ । यो साता शारिरिक तथा मानसिक अवस्था सबल रहनेछ । सामाजिक एवं राजनितिक क्षेत्रमा तपाईको उचाई बढ्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ। आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट उचित मुनाफा आर्जन हुनेछ । नोकरिमा तपाईको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्यसँग सुमधुर सम्बन्ध कायम हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ ।
मीन : मीन राशिका लागि साताको शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले आईतबार र सोमबार केहि कमजोर दिन रहेको छ। विशेष गरि स्वास्थ्य अवस्था कमजोर हुने एवं घरायसी समस्याले चिन्ता बढ्न सक्नेछ । तर मंगलबार देखि भने अवस्थामा महत्व पूर्ण सुधार हुनेछ । शत्रु पराजित हुनेछ भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ
राशिफलमा जे जस्तो लेखिए पनि तपाईं समय शुभ रहोस् ।