काठमाडौं । आज मिति २०८१ साल जेठ २७ गते आइतबार   तदनुसार २०२४ जुन ९ तारीख जेष्ठ शुक्लपक्ष तृतीय तिथि । आज सूर्योदय बिहान ५ बजेर ०९ मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५७ मिनेटमा हुनेछ ।

अब लागौं आजको राशिफल तर्फ :

मेष : मेष राशिहुनेहरुका लागि आज आय आर्जन बढ्ने देखिन्छ । घरजग्गा सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो हुने योग रहेको छ । व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ ।

वृष : वृष राशिहुनेहरुका लागि आज दिन सामान्य रहने छ ।  शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुने देखिन्छ । प्रेममा सफलता मिल्न सक्छ ।

मिथुन : मिथुन राशिहुनेहरुका लागि आज झुठा आरोप लाग्नसक्छ । आफूले गरेको काममा भने सन्तोष मिल्ने देखिन्छ । काम गर्दा विवेक पुर्याउनु होला ।

कर्कट : कर्कट राशिहुनेहरुका लागि आज नसोचेको सम्पत्ति आम्दानी हुने देखिन्छ । शत्रु पराजित हुनुका साथै पुरानो रोगबाट मुक्ति मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुने योग रहेको छ ।

सिंह : सिंह राशिहुनेहरुका लागि आज रोगबाट मुक्ति मिल्नेदेखिन्छ । साथीभाइबाट सहयोग मिल्न सक्छ । प्रेम सम्बन्ध सुमधुर रहने देखिन्छ । राजनीतिमा संगठन बलियो बन्न सक्छ ।

कन्या : कन्या राशिहुनेहरुका लागि आज रोगको प्रकोप बढ्न सक्छ । खर्च पनि धेरै हुने देखिन्छ ।  प्रतिस्पर्धी सक्रिय हुने भएकाले सचेत रहनु होला ।

तुला : तुला राशिहुनेहरुका लागि आज समस्या आइपर्न सक्छ । शिक्षाको क्षेत्रमा मानसम्मान बढ्ने देखिन्छ । प्रेममा सफलता मिल्न सक्छ ।

वृश्चिक : वृश्चिक राशिहुनेहरुको आज धार्मिक क्षेत्रमा मन जाने देखिन्छ । सहयोग गर्नेहरु बढ्ने र  खुसी मिल्ने योग रहेको छ । इष्टमित्रसँगको सम्बन्ध सुधार हुने देखिन्छ ।

धनु : धनु राशिहुनेहरुको आज खर्च बढ्ने देखिन्छ । दाम्पत्य जीवन सुमधुर बन्नेछ, तर  व्यापार व्यावसायमा ठूलो लगानी नगर्नु नै राम्रो हुनेछ ।

मकर राशिहुनेहरुका लागि आज दिन राम्रो छ । रोकिएका कामहरु बन्ने देखिन्छ । साथीभाइको सहयोग मिल्न सक्छ । दाम्पत्य जीवन सफल रहनेछ ।

कुम्भ : कुम्भ राशिहुनेहरुका लागि आज बोलीमा मिठास बढ्नेछ । मातापिताको सम्झना गर्दा काममा सफलता मिल्ने देखिन्छ ।

मीन : मीन राशिहुनेहरुका लागि आज कामबाट फाइदा मिल्नेछ । आर्थिक लाभ हुने देखिन्छ । धार्मिक क्षेत्रमा मन जानेछ ।
राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् ।

राशिफलमा जे जस्तो लेखिए पनि तपाई दिन शुभ रहोस् ।