काठमाडौं । आज मिति २०८१ साल साउन १४ गते सोमबार तदनुसार २०२४ जुलाई २९ तारीख श्रावण कृष्णपक्ष नवमी तिथि । आज सूर्योदय बिहान ५ बजेर २६ मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५३ मिनेटमा हुनेछ ।
मेष : माया बढ्ने देखिन्छ । अचानक प्रेम पस्ताव आउनेछ । त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला । साथीभाइ सकारात्मक छन् ।
वृष : प्रेम बढ्नेछ । शिक्षाको क्षेत्रमा उन्नति हुनेछ । परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ ।
मिथुन : वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ । शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन् । स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला ।
कर्कट : आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन् । सचेत भएर काम गर्नुहोला । राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ।
सिंह : शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ । स्वास्थ्यमा भने समस्या देखिन्छ ।
कन्या : दिन सामान्य रहेको छ । पठनपाठन र अध्ययनले तपाईको उचाई बढ्नेछ । व्यवसायबाट राम्रो आम्दानी हुनेछ । प्रेममा धोका पाइनेछ ।
तुला : अध्ययनमा जोश बढ्नेछ । मानसम्मान पाइनेछ । राजनीति क्षेत्रमा प्रतिस्पर्धी सक्रिय छन्, बोल्दा ख्याल गर्नुहोला ।
वृश्चिक : आफूले गर्दै आएका काममा होसियार भएर अगाडि बढ्नुहोला । अरुले छायामा पार्नसक्छन् । व्यापार र वैदेशिक क्षेत्रमा भने लाभको योग रहेको छ ।
धनु : आफ्नो प्रभाव घट्नेछ । ठूला कार्यमा हात नहालेकै राम्रो । तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला ।
मकर : व्यापारको क्षेत्रमा धेरै राम्रो हुनेछ । लगानीबाट सम्तोषजनक परिणाम प्राप्त हुनेछ । जग्गाजमिनको कारोबार गर्नुभयो भने ठूलो आर्जन हुनेछ ।
कुम्भ : सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि पारिवारिक वातावारणमा समय बित्न सक्छ ।
मीन : आफ्नो प्रभाव घट्नेछ । ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला ।

