काठमाडौं । आज मिति २०८१ साल साउन १५ गते मंगलबार तदनुसार २०२४ जुलाई ३० तारीख श्रावण कृष्णपक्ष नवमी तिथि । आज सूर्योदय बिहान ५ बजेर २७ मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५२ मिनेटमा हुनेछ ।
मेष : मेष राशि भएकाहरूका लागि आजको दिन मध्यम रहन सक्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । मान सम्मान बढ्ने देखिन्छ । समाज सेवामा मन जानेछ । प्रतिस्पर्धी निस्तेज हुनेछन् ।
वृष : वृष राशि भएकाहरूका लागि आज मानसम्मान प्राप्त हुनेछ । सामाजिक, धार्मिक, वैदेशिक र व्यापारिक क्षेत्र यथास्थितिमा रहे पनि प्रेममा भने धोका पाइनेछ ।
मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय केहि प्रतिकूल रहन सक्छ । अग्रजबाट सल्लाह लिएर मात्र नयाँ कामको थालनी गर्नुहोला । वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ ।
कर्कट : आज कर्कट राशिका लागि समय शुभ रहेको छ । दैनिकी सबल छ । दीर्घकालीन काममा हात हाल्दा सफलता मिल्नेछ ।
सिंह : आज सिंहका लागि आज दिन राम्रो रहेको छ । शत्रु नाश हुनेछ । दैनिकीमा प्रगति हुनेछ । राजनीतिमा आफ्नो संगठन बलियो हुनेछ ।
कन्या : कन्या राशि भएकाहरूका लागि आज समय मध्यम छ । भविष्यबारे गरिने निर्णयले सुख दिनेछ । सामाजिक, राजनीति क्षेत्र यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा मिल्नेछ ।
तुला : तुला राशि भएकाहरूका लागि आज समय त्यति अनुकुल नरहन सक्छ । आज सबै क्षेत्र सामान्य छ । वैदेशिक क्षेत्रमा भने साथीभाइको सहयोग मिल्नेछ ।
वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय शुभ छ । बौद्धिक संगत हुनेछ । मनमा नयाँ सोचको विकास हुनेछ। समस्याबाट ज्ञान लिँदै अगाडि बढ्नु आवश्यक छ । स्वास्थ्यमा समस्या हुनसक्छ ।
धनु : धनु राशिका लागि आज समय सामान्य छ । आफ्नो बोली सम्हाल्नु राम्रो हुन्छ । आफन्तले असहयोग गरे पनि सहयोगका लागि नयाँ मान्छे उपस्थित हुनेछन् ।
मकर : मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । प्रतिस्पर्धी निस्तेज हुनेछन् । शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वदेशमै दुस्ख गर्दा लाभ प्राप्त हुने योग रहेको छ ।
कुम्भ : कुम्भ राशिका लागि आज समय केहि प्रतिकूल रहन सक्छ । आज नयाँ कामको थालनी नगरेको राम्रो । खर्च बढ्नेछ । वैदेशिक क्षेत्रमा भने नाम, दाम, सम्मान पाइने छ ।
मीन : मीन राशि भएकाहरूका लागि आज समय उत्तम रहन सक्छ । विभिन्न संघ संस्था र बन्धुबाट सहयोग प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीले सन्तोष मिल्नेछ । परिवारबाट प्राप्त खुशीले दिन रमाइलो बन्नेछ ।

