जुन 25, 2026
ज्योतिष विज्ञान

आज बुधबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल साउन १६ गते बुधबार   तदनुसार २०२४ जुलाई ३१ तारीख श्रावण कृष्णपक्ष एकादशी तिथि । आज सूर्योदय बिहान ५ बजेर २७ मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५२ मिनेटमा  हुनेछ ।

अब लागौं आजको राशिफल तर्फ :

मेष : मेष राशि भएकाहरूका लागि आजको दिन मध्यम रहन सक्छ । पारिवारिक मेलमिलाप तथा मिठोमसिनो खाने समय छ। आयआर्जन तथा व्यवसायिक क्षेत्रमा सामान्य लाभ होला ।

वृष : वृष राशि भएकाहरूका लागि आज रोकिएका कामहरु बन्ने, नयाँ कार्य गर्ने अवसर मिल्नेछ । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय केहि प्रतिकूल रहन सक्छ । शत्रुहरु आफुभन्दा बलवान् हुने, खर्चको मात्रा बढ्ने, काममा ढिलासुस्ती हुने तथा अनावश्यक विवाद हुन सक्ने भएकाले सचेत हुनुपर्ने समय छ ।

कर्कट : आज कर्कट राशिका लागि समय शुभ रहेको छ ।  आयआर्जन बढ्ने, रोकिएको धन प्राप्त हुन सक्ने, नयाँ लगानीको वातावरण बन्न सक्ने, परिवारको साथ रमाइलो गर्न सकिने, स्वास्थ्य पनि अनुकुल रहने समय छ ।

सिंह : आज सिंहका लागि आज दिन राम्रो रहेको छ । कामबाट सन्तुष्टि र मानसिक तनाव कम हुनेछ । रोकिएका कार्यहरु सफल हुनुका साथै नयाँ कार्यको थालनीको लागि समय शुभ छ । आर्थिक क्षेत्र सबल रहनेछ । पारिवारिक वातावरण आनन्दित रहन सक्छ ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज समय मध्यम छ । आज सामाजिक तथा धार्मिक कार्यमा ध्यान दिँदा कार्य सफल हुन सक्छ । स्वास्थ्य सामान्य नै रहनेछ । आर्थिक तथा व्यवसायिक क्षेत्र सामान्य रुपमा अगाडि बढ्न सक्छ । पारिवारिक आनन्द कायम रहनेछ ।

तुला : तुला राशि भएकाहरूका लागि आज समय त्यति अनुकुल नरहन सक्छ । मन चन्चल तथा अशान्त रहन सक्छ । खर्चको मात्रा बढ्नुका साथै स्वास्थ्य पनि कमजोर रहन सक्छ । परिवार वा आफन्तसँग विवाद हुन सक्छ । चोटपटक लाग्न सक्ने भएकाले सतर्क रहन आवश्यक छ  ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय शुभ छ । पति वा पत्नीबीच रहेको असमझदारी हटेर सम्बन्ध सुधार हुन सक्छ। साझेदारी कामबाट लाभ लिन सकिन्छ । व्यवसाय बढ्नुका साथै आम्दानी पनि बढ्न सक्छ ।

धनु : धनु राशिका लागि आज समय राम्रो रहनेछ । स्वास्थ्य राम्रो र मन शान्त रहन सक्छ । सानो प्रयासले महत्वपूर्ण काममा सफलता मिल्नेछ । जोश, जागर बढ्नुका साथै समयले राम्रो साथ दिने देखिन्छ ।आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ । व्यवसाय पनि राम्रो हुन सक्छ ।

मकर : मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरूको उदय हुनेछ ।

कुम्भ : कुम्भ राशिका लागि आज समय केहि प्रतिकूल रहन सक्छ । अनावश्यक विवादमा समय व्यतित हुन सक्छ । आज मानसिक तनाब बढ्न सक्छ भने खर्च पनि केहि मात्रामा बढ्न सक्छ।

मीन : मीन राशि भएकाहरूका लागि आज समय उत्तम रहन सक्छ । प्रशासनिक कामहरु आज बन्न सक्छन् । आफ्नो मानसम्मान तथा कीर्ति बढ्ने किसिमको काम गर्न सकिन्छ । दाजुभाई तथा सहकर्मीको सहयोग पनि मिल्न सक्छ म पारिवारिक क्षेत्र आज राम्रो रहन सक्छ ।

राशिफलमा जे जस्तो लेखिएता पनि तपाईको दिन शुभ रहोस् ।

जवाफ लेख्नुहोस्