share 517 काठमाडौं । आगामी तीन दिनसम्म विशेषगरी रातको समयमा मुलुकका विभिन्न स्थानमा अझै वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । केही दिनयता भएको भारी वर्षाले बाढी तथा डुबानजस्ता समस्या ल्याए पनि बुधबार रातीदेखि सुधारात्मक बन्दै जाने महाशाखाको भनाइ रहेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले भने, “तीन दिन यताको अवस्था हेर्ने हो भने रातको समयमा धेरै पानी परेको थियो, डुबान र बाढीसमेत गयो, आगामी तीन दिन पनि पानी पर्छ तर सुधारात्मक बन्दै जानेछ”, तर देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले प्रायजसो रातको समयमा पानी बढी परेको हो।” त्यस्तै, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ। पोस्टको नेभिगेसन कोशी लगायत यी प्रदेशमा भारी वर्षाको सम्भावना बागमतीसहित यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी समेत चल्ने : मौसम पूर्वानुमान महाशाखा