share 385 काठमाडौं । एचआरडी कोरियाले ईपीएस भाषा परिक्षाको दोस्रो चरणको नतिजा सार्वजनिक गरिएको छ । उत्पादनमूलक क्षेत्रका लागि लिएको भाषा परीक्षाको नतिजा सार्वजजिक गरेको हो । २०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन भएको परीक्षामा आठ हजार ९६५ जना पास भएका छन् । त्यसका लागि ६६ हजार ३२६ जनाले परीक्षा दिएका थिए । जसमध्ये १३.५ प्रतिशत मात्रै पास भएका हुन् । परीक्षाका लागि ७९ हजार ९३७ जनाले आवेदन भरेका थिए । पास भएकाहरुको सूची एचआरडी कोरियाले सोमबार नै वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखालाई पठाएको हो । पास भएका परीक्षार्थीहरुको स्किल टेष्ट र कम्पेटेन्सी टेष्टबारे जानकारी पछि दिइने ईपीएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको परीक्षामा पास भएकाहरुको मात्र अन्तिम नामावलीमा प्रकाशित गरिनेछ । पोस्टको नेभिगेसन ईपीएस अन्तर्गत कोरियन भाषा परीक्षा असोज ८ देखि सुरु हुने उत्पादन क्षेत्र तर्फ ईपीएस भाषा परीक्षामा ३ हजार १२६ उत्तीर्ण