share 426 काठमाडौं । आज मिति २०८१ साल साउन २२ गते मंगलबार तदनुसार २०२४ अगस्ट ६ तारीख श्रावण शुक्लपक्ष द्धितीया तिथि । आज सूर्योदय बिहान ५ बजेर ३० मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ४७ मिनेटमा हुनेछ । अब लागौं आजको राशिफल तर्फ : मेष : मेष राशि हुनेहरुको लागि आज समय मध्यम रहन सक्छ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । आफन्तसँग मनमुटाव हुन सक्छ । यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचना हुनेछ । वृष : वृष राशि भएकाहरूका लागि आज समय सामान्य छ । सवारी साधनबाट चोट लाग्न सक्ने सम्भावना रहेकाले प्रयोग गर्दा ध्यान दिनुहोला । प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ । मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छ । शत्रुहरु पराजित हुनेछन् । पहिले गरेको कामबाट राम्रो फाइदा हुन सक्छ। साथीभाई तथा आफन्तको आर्थिक तथा भौतिक सहयोग मिल्न सक्छ। कर्कट : कर्कट राशिका लागि आज पनि समय शुभ छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा सफलता मिल्नुका साथै परिक्षा उत्तीर्ण गर्न सक्ने समय छ । सानासाना कामबाट प्रशस्त आम्दानी हुने हुनाले व्यवसायमा थप लगानी गर्ने वातावरण बन्नेछ । स्वास्थ्य भने कमजोर रहन सक्छ। सिंह : सिंह राशि भएकाहरुका लागि आजको दिन शुभ रहेको छ । बौद्धिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । व्यवसाय तथा कामको लागि आजको दिन राम्रो रहेको छ । कन्या : कन्या राशि भएकाहरूका लागि आज समय त्यति अनुकूल छैन । व्यापार व्यावसायमा लगानी अनुसारको नाफा कमाउन कठिन हुन सक्छ । काममा सहकर्मीबाट हुन सक्छ । स्वास्थ्य कमजोर रहनुका साथै खर्च पनि बढ्न सक्छ । तुला : तुला राशि भएकाहरूका लागि आज समय शुभ छ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ भने व्यवसायिक यात्रा हुन सक्छ । वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय राम्रो छ । व्यापार व्यवसाय गर्नेहरुले आज राम्रो सफलता प्राप्त गर्न सक्ने योग छ भने रोकिएका लेनदेनहरु पनि आज मिल्न सक्छ । धनु : धनु राशिका लागि आज पनि समय मध्यम रहन सक्छ । आज कामको कारण यात्रा धेरै गर्नुपर्ने हुन सक्छ । स्वास्थ्यमा केहि कमजोरी देखा पर्न सक्ने भएकाले ध्यान दिनुहोला । मकर : मकर राशि भएकाहरूका लागि आज समय सामान्य रहन सक्छ । मेहनत अनुसारको परिणाम नमिल्नाले मन खिन्न रहन सक्छ। अनावश्यक तथा विना प्रयोजनको यात्रा गर्नुपर्ने हुन सक्छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिन्छ। स्वास्थ्यमा पेट तथा टाउको दुख्ने समस्या हुन सक्छ । कुम्भ : कुम्भ राशि हुनेहरुको लागि आज दिन शुभ रहेको छ । आज सुरु गरिएका कामबाट सोचेजस्तो आम्दानी हुन सक्छ । नयाँ काम पाइने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको सम्भावना छ । राजनीति तथा समाजसेवामा राम्रो पद प्राप्तिको योग रहेकोछ । मीन : मीन राशि हुनेहरुका लागि आज समय शुभ रहेको छ । नयाँ कामको सुरुवात तथा नयाँ लगानीको लागि आज समय राम्रो रहन सक्छ । प्रेम तथा पारिवारिक जीवनमा रहेका समस्याहरु समाधान हुनेछन् । राशिफलमा जे जस्तो लेखिएता पनि तपाईको दिन शुभ रहोस् । पोस्टको नेभिगेसन यस्तो छ आज साउन २१ गते सोमबारको राशिफल यस्तो छ आज शुक्रवारको राशिफल