काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । अविरल वर्षाका कारण बागमती नदीको  बहाव बढेर नदी किनार र  विभिन्न स्थानका सडकहरू जलमग्न भएका छन् ।

पानीले सहज निकास नपाउँदा वर्षायाममा काठमाडौंका विभिन्न क्षेत्रहरि जलमग्न हुने गरेको छ । आज काठमाडौंको टेकु, भोटेबहाल, रत्नपार्क, कुलेश्वर, बल्खु, ललितपुरको सानेपा लगायतका क्षेत्रमा ढल थुनिएका कारण सडक र घर जलमग्न भएका छन् ।

उपत्यका भएर बग्ने नदी तथा खोलाहरूमा पनि पानीको बहाव सतर्कता तहभन्दा माथि पुगेपछि जल तथा मौसम विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

हेरौं सानेपा कालोपुल क्षेत्रका तस्बिरहरू…