share 467 काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । अहिले कोशी, मधेश र बागमती प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक देखि साधरणतया बदली रहेको देखिन्छ । कोशी र बागमती प्रदेशका थोरै स्थानहरू र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, बागमती , गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राती पनि देशभर साधरणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ । पोस्टको नेभिगेसन अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा कस्तो रहला आजको मौसम ?