share 673 काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्न लागेको छ । उनले आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा प्राधिकरणमै पत्रकार सम्मेलन गर्न लागेको हो । आज दिउँसो साढे १ बजे हुन लागेको पत्रकार सम्मेलनमा उनले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे देखिएको विवादका साथै अन्य समसामयिक विषयमा आफ्नो धारणा राख्ने बताइएको छ । लेखा समितिले मागेको आधारमा बिहीबारमात्रै प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेका उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण बुझाएको थियो । उद्योगले बिजुली प्रयोग गरेको प्रमाण लेखा समितिले मागेपछि प्राधिकरणले बिहीबार टीओडी डाटासहितको विवरण उपलब्ध गराएको थियो । पोस्टको नेभिगेसन नेपाल विद्युत् प्राधिकरणले ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा गरे देशभरका कार्यालयमा वृक्षारोपण काठमाडौंको यी क्षेत्रमा आज पाँच घण्टा विद्युत् सेवा अवरुद्ध हुने