काठमाडौं । मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
युरो एकको खरिद दर १४६ रुपैयाँ ३२ पैसा र बिक्री दर १४६ रुपैयाँ ९८ पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ०८ पैसा र बिक्री दर १७१ रुपैयाँ ८४ पैसा तोकिएको छ ।
त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर :
