काठमाडौं । मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा तोकिएको छ ।
अस्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा तोकिएको छ । युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०६ पैसा तोकिएको छ । आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा तोकिएको छ ।
त्यस्तै, आज कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३३ र बिक्रीदर ४४० रुपैयाँ २९ पैसा तोकिएको छ ।
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर :
