काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । मन्त्री अधिकारी अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेको स्रोतले बताए ।

विराटनगरमा भएको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको मन्त्री अधिकारी अहिले पूर्व निर्धारित कार्यक्रमहरू सबै स्थगित गरेर मन्त्री क्वाटरमै आराम गरिरहेको बताए । उनले भने, ‘म अहिले निकै अस्वस्थ भएको छु, ज्वरो आएर जिउ नै गलिरहेको छ । मैले दाङ जाने कार्यक्रम पनि स्थगित गरेको छु ।’

एक कार्यक्रमका लागि विराटनगर गएका उनी पाँच दिनअघि नै काठमाडौँ फर्किएका थिए । विराटनगरबाट फर्किएपछि उनलाई डेंगु सङ्क्रमण पुष्टि भएको हो ।