काठमाडौं । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । साथै  उत्तर पूर्वी अरब सागर देखि उत्तर पश्चिम बिहार सम्म फैलिएको न्यून चापीय रेखाको पनि प्रभाव रहेको छ ।

 

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसोदेखि वर्षाको मात्रा कम हुँदै जाने र बेलुका निकै घट्ने सम्भावना छ।

महाशाखाले भनेको छ, ‘आइतबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मात्र मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।’

त्यस्तै आज राती  देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।