share 499 काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए । उनी ०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमै बसेका थिए । गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गरेका थिए । पीएल त्यसपछि आफ्नै निवासमा बस्न थालेका थिए । २०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बने । पञ्चायत व्यवस्थापछि काठमाडौंका उनी पहिलो मेयर हुन् । पोस्टको नेभिगेसन आज उपत्यकाका स्थानीय तह र मातहतका निकायमा सार्वजनिक बिदा काठमाडौंका पूर्वमेयर पिएल सिंहको निधन, आज काठमाडौंमा शोक विदा