काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर प्रेमलाल (पीएल) सिंहको निधनमा काठमाडौं महानगरपालिकाले शोक विदा दिएको छ ।
८८ वर्षीय सिंहको काठमाडौंको ठमेल चाक्सीबारीमा निधन भएको थियो । २०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएका सिंहले २०५२ साल मंसिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरेका थिए ।
सिंहको योगदानलाई सम्मान गर्दै आज अत्यावश्येक बाहेक काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरले जानकारी दिएको छ । उनी लामो समयदेखि अस्वस्थ थिए। ।