काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’को अन्तिम खेलमा बेल्जियमले न्युजिल्यान्डलाई ५–१ गोलअन्तरले पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। सुरुआती दुई खेलमा बराबरीमा रोकिएको बेल्जियमले अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान सुरक्षित गर्यो।
भ्यानकुभरमा सम्पन्न खेलमा लिएन्ड्रो ट्रोसार्डले दुई गोल गरे। केभिन डी ब्रुयन, रोमेलु लुकाकु र एलेक्सिस सेलिमेकरले एक–एक गोल थपे। न्युजिल्यान्डका लागि एलिजा जस्टले सान्त्वना गोल फर्काए।
यस जितसँगै बेल्जियमले समूह ‘जी’को शीर्ष स्थान हासिल गर्दै अन्तिम ३२ मा स्थान बनाएको छ। इजिप्टले इरानसँग १–१ को बराबरी खेलेपछि उपविजेताका रूपमा नकआउट चरणमा पुगेको छ भने इरानको उत्कृष्ट तेस्रो टोलीका रूपमा अघि बढ्ने सम्भावना कायम रहेको छ।


