काठमाडौं । आज मिति २०८१ साल जेठ २८ गते सोमबार   तदनुसार २०२४ जुन १० तारीख जेष्ठ शुक्लपक्ष चतुर्थी तिथि । आज सूर्योदय बिहान ५ बजेर ०९ मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५८ मिनेटमा हुनेछ ।

अब लागौं आजको राशिफल तर्फ :
मेष : मेष राशिहुनेहरुका आज चन्द्रमाको गोचर राशिबाट चतुर्थ भावमा रहने भएकाले अनावश्यक काममा समय व्यतित गर्दा गर्नुपर्ने काम अधुरो रहन सक्छ । आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानसिक असन्तुष्टिको अनुभव हुनेछ । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु पर्ने देखिन्छ ।

वृष : वृष राशिहुनेहरुका लागि आज राशिबाट चन्द्रमाको गोचर तृतीय भावमा रहने भएकाले दाजुभाइको काममा सहयोग लेनदेन हुने देखिन्छ । काममा जागर बढ्नुका साथै तपाईंले आटेका सबै काममा राम्रो सफलता मिल्ने देखिन्छ । परिश्रम अनुसारको आर्थिक लाभ पाउने देखिन्छ ।

मिथुन : मिथुन राशिहुनेहरुका लागि आज व्यर्थ मानसिक तनाव हुनुका साथै यात्रामा विघ्नबाधा आउने देखिन्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्तसंग कलह हुनसक्ने समय रहेकाले सचेत रहनु होला ।

कर्कट : कर्कट राशिहुनेहरुका लागि आज चन्द्रमाको गोचर प्रथममा रहने भएकाले पारिवारिक भेटघाटको समय रहेको छ । आज आम्दानीका नँया श्रोत देखा पर्दै जाने देखिन्छ  । परिवारका सदस्य, निकटतम कर्मचारी, सबै ईष्टमित्रले तपाईंलाई सहयोग गर्नेछ ।

सिंह : सिंह राशि हुनेकाहरूका लागि आज चन्द्रमाको गोचर राशिबाट बाह्रौं स्थानमा रहने भएकाले समय सामान्य रहन सक्छ । आज मन चञ्चल हुने र  मानसिक तनाव हुने देखिन्छ । गर्न खोजेका काममा रोकावट आउने भएकोले नयाँ कामको थालनीका लागि समेत समय प्रतिकुल हुने देखिन्छ ।

कन्या : कन्या राशि हुनेहरूका लागि आज एकादश गोचर चन्द्रमाको शुभ प्रभावले समय राम्रो रहने देखिन्छ । आम्दानीका नयाँ स्रोत थपिंदै जानुका साथै  पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्ने देखिन्छ ।

तुला : तुला राशिहुनेहरुका लागि आज चन्द्रमा ग्रहको दशम गोचरको शुभ प्रभावले गर्दा समय राम्रो रहेकोे छ । विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्ने देखिन्छ । काम गर्ने उत्साह बढ्ने देखिन्छ । व्यवसायबाट राम्रो लाभ लिन सक्ने योग रहेको छ ।

वृश्चिक : वृश्चिक राशिहुनेहरुका लागि आज चन्द्रमा ग्रहको गोचर नवम स्थानमा रहने भएकाले समय मध्यम रहेको छ । सामाजिक तथा धार्मिक क्षेत्रमा गरिएका कामहरु सफल हुने देखिन्छ । नयाँ काम सुरु नगरे पनि पहिले गरिएका कामहरु सफल हुने देखिन्छ ।

धनु : धनु राशिबाट चन्द्रमाको गोचर आज अष्टम भावमा रहने भएकाले आज समय त्यति राम्रो देखिदैन । मानसिक चिन्ता बढ्नेछ । साथीभाई तथा आफन्तबाट असहयोग हुन सक्छ । आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ ।

मकर : मकर राशिहुनेहरुका लागि आज चन्द्रमाको गोचर सप्तम भावमा रहने भएकाले अरुको सहयोगबाट महत्वपूर्ण काम सम्पादन गर्न सकिने देखिन्छ । उठ्नुपर्ने धन उठ्ने र गरेको परिश्रमबाट राम्रो लाभ पाइने योग रहेको छ । मानसिक शान्ति र आराम मिल्ने देखिन्छ ।

कुम्भ : कुम्भ राशिहुनेहरुका लागि आज चन्द्रमाको गोचर षष्ठ भावमा रहने भएकाले आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिनेछ । आम्दानी बढ्ने, व्यापार-व्यवसायमा लाभ हुनुका साथै रमाइलो यात्रा हुने देखिन्छ । घरमा पारिवारिक सहयोग मिल्ने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा पनि सफल मिल्ने देखिन्छ ।

मीन : मीन राशिहुनेहरुका लागि आज चन्द्रमाको पञ्चम गोचरले बौद्धिक प्रतिस्पर्धामा विजयी हुने देखिन्छ । स्वास्थ्य सामान्य रहन सक्छ । विद्यार्थीले पढाईमा राम्रो प्रगति गर्ने देखिन्छ ।

राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् ।