काठमाडौं । हिन्दुधर्म शास्त्र अनुसार हप्ताको हरेक वारलाई देवी-देवताको वार मान्ने गरिन्छ । विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने प्रचलन रहेको छ ।
मंगलवारमा कुन देवी-देवताको पूजा कसरी गर्ने :
हिन्दू धर्मावलम्बीहरूले मंगलवारमा गणेश भगवानको पूजा गर्दछन् । ज्योतिषशास्त्र अनुसार मंगलवारलाई भगवान गणेशको वार पनि मानिन्छ । मंगलबारका दिन बिहान गणेश भगवानको व्रत बसि लड्डु चढाउदा थालनी गरेका हरेक कामहरु बन्ने वा सफल हुने जनविश्वास रहेको पाइन्छ ।
मंगलबारका दिन काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ। मंगलबार व्रत बस्दा विहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ ।