काठमाडौं । आज मिति २०८१ साल जेठ ३० गते बुधबार    तदनुसार २०२४ जुन १२ तारीख जेष्ठ शुक्लपक्ष षष्ठी तिथि । आज सूर्योदय बिहान ५ बजेर ०९ मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५८ मिनेटमा हुनेछ ।

अब लागौं आजको राशिफल तर्फ :  
मेष : मेष राशि हुनेहरुको लागि आज समय मध्यम रहेको छ ।  प्रेम तथा पारिवारिक जीवन पनि आज राम्रो रहन सक्छ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । आफन्तसँग मनमुटाव हुन सक्छ । यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ । राजनीति तथा समाज सेवामा आलोचित हुने देखिन्छ ।

वृष : वृष राशि हुनेकाहरूका लागि आज समय सामान्य रहने छ। सवारी साधनबाट चोट लाग्न सक्ने सम्भावना रहेकाले प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेम जीवनमा अविश्वास देखा पर्न सक्छ ।  प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्र कमजोर हुनाले तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् ।

मिथुन : मिथुन राशि हुनेकाहरूका लागि आज समय शुभ रहेको छ । शत्रुहरु पराजित हुनेछन् । पहिले गरेको कामबाट राम्रो फाइदा हुन सक्छ। साथीभाई तथा आफन्तको आर्थिक तथा भौतिक सहयोग मिल्ने देखिन्छ ।

कर्कट : कर्कट राशि हुनेहरुका लागि आज पनि समय शुभ रहेको छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा सफलता मिल्नुका साथै परिक्षा उत्तीर्ण गर्न सक्ने समय रहेको छ । सानासाना कामबाट प्रशस्त आम्दानी हुने हुनाले व्यवसायमा थप लगानी गर्ने वातावरण बन्नेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ । स्वास्थ्य भने कमजोर रहन सक्छ। शेयर बजारबाट सामान्य लाभ लिन सकिनेछ।

सिंह : सिंह राशि हुनेकाहरुका लागि आजको दिन शुभ रहेको छ । बौद्धिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । व्यवसाय तथा कामको लागि आजको दिन राम्रो रहेको छ ।  पठनपाठनमा प्रगतिका साथै आजको परिक्षा उत्तीर्ण गर्न सक्ने योग रहेको छ । मिठो भोजनका साथै पारिवारिक भेटघाटले मन प्रशन्न रहन सक्छ ।

कन्या : कन्या राशि हुनेहरूका लागि आज समय त्यति अनुकूल रहने छैन । व्यापार व्यावसायमा लगानी अनुसारको नाफा कमाउन कठिन हुन सक्छ  । स्वास्थ्य कमजोर रहनुका साथै खर्च पनि बढ्ने देखिन्छ ।

तुला : तुला राशि हुनेकाहरूका लागि आज समय शुभ रहेको छ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ भने व्यवसायिक यात्रा हुन सक्छ । प्रेम तथा पारिवारिक जीवन पनि सुखमय रहने देखिन्छ ।

वृश्चिक : वृश्चिक राशि हुनेकाहरूका लागि आज समय राम्रो छ । व्यापार व्यवसाय गर्नेहरुले आज राम्रो सफलता प्राप्त गर्न सक्ने योग छ भने रोकिएका लेनदेनहरु पनि आज मिल्न सक्छ। प्रेम तथा पारिवारिक सम्बन्ध तथा स्वास्थ्य आज राम्रो रहन सक्छ ।

धनु : धनु राशि हुनेहरुका लागि आज समय मध्यम रहने देखिन्छ । स्वास्थ्यमा केहि कमजोरी देखा पर्न सक्ने भएकाले ध्यान दिनुहोला । आर्थिक तथा व्यवसायिक क्षेत्रबाट सामान्य लाभ लिन सकिन्छ । प्रेम तथा पारिवारिक जीवन राम्रो रहनेदेखिन्छ ।

मकर : मकर राशि हुनेकाहरूका लागि आज समय सामान्य रहने देखिन्छ । मेहनत अनुसारको परिणाम नमिल्नाले मन खिन्न रहन सक्छ । अनावश्यक तथा विना प्रयोजनको यात्रा गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा पेट तथा टाउको दुख्ने समस्या हुन सक्छ । पढाईमा उचित ध्यान दिन नसक्दा परिणाम राम्रो नआउँन सक्ने भएकाले ध्यान दिनुहोला ।

कुम्भ : कुम्भ राशि हुनेहरुका लागि आज दिन शुभ रहेको छ। आज सुरु गरिएका कामबाट सोचेजस्तो आम्दानी हुन सक्छ । नयाँ काम पाइने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको सम्भावना छ । राजनीति तथा समाजसेवामा राम्रो पद प्राप्तिको योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिएको छ ।

मीन : मीन राशि हुनेकाहरूका लागि आज समय शुभ रहेको छ । नयाँ कामको सुरुवात तथा नयाँ लगानीको लागि आज समय राम्रो रहन सक्छ । अध्ययन अध्यापनमा आज उचित समय दिन सके त्यसबाट राम्रो परिणाम आउने देखिन्छ । प्रेम तथा पारिवारिक जीवनमा रहेका समस्याहरु समाधान हुनेछन् ।

राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् ।