काठमाडौं । आज मिति २०८१ साल जेठ ३१ गते बिहीबार तदनुसार २०२४ जुन १३ तारीख जेष्ठ शुक्लपक्ष सप्तमी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५७ मिनेटमा हुनेछ ।
अब लागौं आजको राशिफल तर्फ :
मेष : मेष राशि हुनेहरुको लागि आज शुभ समय रहेको छ । प्राविधिक र तथा सृजनात्मक काममा सफलता मिल्ने देखिन्छ छ । साथीभाईसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ मिल्न सक्छ । प्रेम सम्बन्ध र पढाईको क्षेत्र राम्रो रहनेछ । बोलीको प्रभाव बढ्नेछ । आर्थिक क्षेत्र सबल भएर जाने योग रहेको छ ।
वृष : वृष राशि हुनेहरुका लागि आज बिहानको समय केहि नराम्रो रहेकाले खर्च बढ्ने, विवाद हुने देखिएता पनि दिउँसोबाट विद्या र बुद्धिले गरेको कामबाट राम्रो लाभ मिल्ने देखिन्छ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ ।
मिथुन : मिथुन राशि हुनेहरूका लागि आज समय शुभ छैन । आँटेको काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी नगर्नु नै उचित हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्च बढ्न सक्छ । आर्थिक सङ्कटले मनमा अशान्ति हुने देखिन्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।
कर्कट : कर्कट राशि हुनेहरुका लागि आज समय शुभ रहेको छ । नयाँ काममा हात हाल्दा सफलता मिल्न सक्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात पर्ने सम्भावना छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग रहेको छ । पारिवारिक सहयोग प्राप्त हुनेछल देखिन्छ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।
सिंह : सिंह राशि हुनेकाहरुका लागि आज समय राम्रो रहेको छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा भने दोधारको अवस्था सिर्जना हुनसक्छ ।
कन्या : कन्या राशि हुनेकाहरूका लागि आज समय राम्रो रहेको छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै हुने देखिन्छ । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय रहेको छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय रहेको छ ।
तुला : तुला राशि हुनेकाहरूका लागि आज समय प्रतिकुल रहेको छ । मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन रहनेछ । नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा समय केन्द्रित हुनेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा हाकिम, मातापिताका साथमा चित्त नबुझ्न सक्छ । मातापिता र अभिभावकवर्गको सेवासुश्रुषामा समय दिनु राम्रो हुन्छ । प्रेम जीवनमा असमझदारी र विद्यार्थीको पढाईमा मन नजान सक्छ ।
वृश्चिक : वृश्चिक राशि हुनेकाहरूका लागि आज समय शुभ रहेको छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग रहेको छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी हुने र नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्नुका साथै शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ ।
धनु : धनु राशि हुनेहरुका लागि आज समय शुभ रहेको छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने देखिन्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
मकर : मकर राशि हुनेकाहरूका लागि आज समय राम्रो रहेको छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग रहेको छ अथवा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ ।
कुम्भ : कुम्भ राशि हुनेहरुका लागि आज समय प्रतिकुल रहने छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । व्यवहारिक काममा यात्रा गर्नुपर्ने हुन सक्छ। गरिरहेको काममा कडा मेहेनत गर्नुपर्नेछ भने नयाँ काम र लगानीको लागि समय प्रतिकुल रहने देखिन्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । पारिवारिक जीवनमा असमझदारी र विद्यार्थीको पढाईमा मन नलाग्न सक्छ ।
मीन : मीन राशि हुनेहरूका लागि आज समय उत्तम रहेको छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुने देखिन्छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्दा राम्रो फल प्राप्त हुने योग रहेको छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुन: सुरु हुने देखिन्छ ।
राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् ।