काठमाडौं । आज मिति २०८१ साल जेठ ३२ गते शुक्रबार तदनुसार २०२४ जुन १४ तारीख जेष्ठ शुक्लपक्ष अष्टमी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५९ मिनेटमा हुनेछ ।
अब लागौं आजको राशिफल तर्फ :
मेष : मेष राशि हुनेहरूको लागि आज दिन मध्यम रहेको छ । चन्द्रमाको गोचर तपाईंको राशिबाट पाँचौं स्थानमा रहने भएकाले अध्ययन अध्यापनको क्षेत्र राम्रो रहन सक्छ भने परिक्षाहरु उत्तीर्ण गर्न सक्ने समय रहेको छ । बौद्धिक तथा रचनात्मक कार्य आज सफल रहन सक्छन् ।
वृष : वृष राशी हुनेहरुका लागि आज समय त्यति अनुकूल देखिदैन । छाती तथा पेटमा समस्या आउनाले महत्वपूर्ण काममा उचित पुर्याउन असक्षम हुने देखिन्छ । आफन्तबाट असहयोग तथा साथीभाईबाट अविश्वास हुन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ । आमाको स्वास्थ्य कमजोर हुन सक्छ ।
मिथुन : मिथुन राशि हुनेहरूका लागि आज समय शुभ छ । आज आफ्नो पराक्रम बढाउन सक्ने र दाजुभाईको सहयोग प्राप्त हुने देखिन्छ । अध्ययनबाट पनि सफलता मिल्न सक्छ । व्यवसाय तथा काम गर्नेहरुले आज नाफा आर्जन गर्न सक्छन् ।
कर्कट : कर्कट राशि हुनेहरुका लागि आज समय मध्यम रहेको छ । बोलीमा संयमता नअपनाउंदा काम बिग्रिन सक्ने भएकाले सतर्क रहनुपर्ने देखिन्छ । आफन्त तथा बन्धुबान्धवको सहयोग लिन सकिने समय छ । व्यवसाय तथा कार्यक्षेत्रबाट मध्यम लाभ हुने समय छ । पारिवारिक जीवनमा रमाइलो गर्ने तथा आफन्त भेट भएर मिष्ठान्न भोजन गर्ने समय छ । प्रेम जीवन सामान्य रहन सक्छ भने शेयर बजारबाट मध्यम लाभ लिन सक्ने देखिन्छ ।
सिंह : सिंह राशि हुनेहरुका लागि आज समय राम्रो रहेको छ । व्यापार व्यवसायबाट लाभ मिल्ने तथा रोजगारीमा पदप्रतिष्ठा तथा मानसम्मान बढ्ने देखिन्छ । विद्यार्थीले परिक्षा उत्तीर्ण गर्न सक्छन् भने शेयर बजारमा कारोबार गर्नेहरुले राम्रो नाफा कमाउन सक्ने समय छ।
कन्या : कन्या राशि हुनेहरूका लागि आज समय त्यति अनुकूल देखिदैन । खर्च बढ्ने, अनावश्यक विवादमा फस्न सकिने, आफन्तसँग मनमुटाव हुन सक्ने, स्वास्थ्यमा कमजोरी देखा पर्न सक्ने रहेकाले ध्यान दिनुपर्ने देखिन्छ । व्यस्तता बढ्नेछ भने आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला ।
तुला : तुला राशि हुनेहरूका लागि आज समय शुभ रहने देखिन्छ । आम्दानी बढ्ने, शेयर बजारबाट लाभ मिल्न सक्ने, पहिले गरिएका कार्यहरु सफल हुन सक्ने समय रहेको छ । प्रेम तथा पारिवारिक जीवनमा विश्वासको वातावरण बन्न सक्छ भने रमाइलो छोटो यात्रा पनि हुन सक्छ । पहिले रहेका विवादहरु आज समाधान हुने देखिन्छ । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिनेछ ।
वृश्चिक : वृश्चिक राशि हुनेहरुका लागि आज दिन राम्रो रहेको छ । नयाँ काम सुरु गर्न वा नयाँ लगानी गर्नको लागि आजको दिन राम्रो हुनेछ । कार्यक्षेत्रमा पदप्रतिष्ठा तथा मानसम्मान प्राप्त हुने योग रहेको छ । राज्य तथा प्रशासनिक क्षेत्रमा रोकिएका कामहरु आज सफल हुन सक्छन् । व्यवसाय गर्नेहरुले आज क्षेत्र विस्तार वा थप लगानी गर्न सक्छन् । प्रेम जीवनमा रमाइलो यात्रा हुन सक्छ भने पारिवारिक सम्बन्ध सुमधुर रहन सक्छ ।
धनु : धनु राशि हुनेहरुका लागि आज समय मध्यम रहेको छ । धार्मिक तथा सामाजिक क्षेत्रमा काम गर्नेहरुले आज राम्रो प्रगति गर्न सक्छन् । विवादमा परिन सक्ने भएकाले ध्यान दिनुपर्छ । छिटो निर्णय लिंदा फुर्सदमा पछुताउनु पर्ने हुन सक्ने भएकाले सोचविचार गरेर निर्णय लिंदा राम्रो होला ।
मकर : मकर राशि हुनेहरूका लागि आज समय सामान्य नै रहने छ । दुर्घटना तथा चोटपटक लाग्न सक्ने भएकाले सतर्क रहनु होला । व्यवसायमा प्रतिस्पर्धी हावी हुनाले समस्यामा पर्न सकिन्छ । काममा सहकर्मीले विवाद उत्पन्न गर्न सक्ने छ ।
कुम्भ : कुम्भ राशि हुनेहरुका लागि आज समय शुभ रहेको छ । व्यावसायिक यात्राको सम्भावना छ भने आम्दानी बढ्न सक्छ। बोलीको भरमा काम बन्न सक्ने योग छ। पहिले गरिएका कार्यहरु आज सफल हुने देखिन्छ । प्रेम जीवनमा रमाइलो गर्ने वातवरण बन्न सक्छ भने वैवाहिक जीवनमा पति पत्नीबीच माया बढ्नेछ ।
मीन : मीन राशि हुनेहरुका लागि आज समय राम्रो रहेको छ । नयाँ लगानी तथा नयाँ कामको सुरुवात गर्नको लागि उचित वातावरण बन्न सक्ने दिन रहेको छ । प्राविधिक तथा चिकित्सातिर काम गर्ने व्यक्तिहरुले राम्रो सफलता प्राप्त गर्न सक्नेछ । प्रेम तथा पारिवारिक जीवन पनि आज सुखमय रहन सक्छ ।
राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् ।

