काठमाडौं । आज मिति २०८१ साल असार २ गते आइतबार तदनुसार २०२४ जुन १६ तारीख जेष्ठ शुक्लपक्ष दशमी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुका ७ बजे हुनेछ ।
अब लागौं आजको राशिफल तर्फ :
मेष : मेष राशि हुनेहरुका लागि आज महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।
वृष : वृष राशि हुनेहरुका लागि आज अप्ठ्यारा परिस्थितिसँग जुझारु भई काम गर्नु पर्ने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ ।
मिथुन : मिथुन राशिहुनेहरुका लागि आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन-पाठनमा प्रगति हुनेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।
कर्कट : कर्कट राशिहुनेहरुका लागि इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइने छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिएला । कामबाट पनि फुर्सद पाइने छ । प्रशंसकहरू बढ्नेछन् । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।
सिंह : सिंह राशि हुनेहरुका लागि समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । होसियारीसाथ काम लिनुपर्ने समय छ ।
कन्या : कन्या राशि हुनेहरुका लागि लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।
तुला : तुला राशि हुनेहरुका लागि कर्मचारी वा शासक वर्गबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन सकिंदैन । आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।
वृश्चिक : वृश्चिक राशि हुनेहरुका लागि सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । सँगीसाथी र सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्नसक्छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काममा मन जानेछ । गरेको कामले प्रशंसा पाउने छ । दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ ।
धनु : धनु राशि हुनेहरुका लागि मिहिनेत र परिश्रम खेर जाँदैन, लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्त हुनेछ । अप्रत्याशित उपलब्धी प्राप्त हुँदा मनमा उमङ्ग पलाउने छ । अनुभवी र जान्नेबुझ्नेको रायसल्लाह लिई नयाँ काममा हात हाल्दा राम्रो हुन्छ । गरी आएका व्यापारव्यवसाय र कामधन्दाका क्षेत्रबाट पनि फाइदा नै हुनेछ । नचिताएको मान्छेको सहयोग पाइने छ ।
मकर : मकर राशि हुनेहरुका लागि नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
कुम्भ : कुम्भ राशि हुनेहरुका लागि मुद्दा-मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ ।
मीन : मीन राशि हुनेहरुका लागि व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रेमी-प्रेमिकाका बीचमा सुमधुरता र सामीप्यता प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउने छ ।
राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् ।