share 236 काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि पनि घटाएको छ । अहिलेसम्म लगातार तीन पटक मूल्य घटेको हो । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३, डिजल र मट्टीतेलमा प्रतिलिटर १/१ रुपैयाँ घटाएको हो । उक्त मूल्य आज राति (आइतबार बिहान १ बजे)देखि लागु हुनेछ। मूल्य घटेसँगै काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ मा झरेको छ। डिजेल र मट्टितेलमा काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ कायम भएको छ। पोस्टको नेभिगेसन यो साताको साप्ताहिक राशिफल यस्तो छ आज असार ३ गतेको राशिफल